‘नेपालमा देखिएको जलवायु परिवर्तनको असर विश्वले थाहा पाउनुपर्छ’

‘नेपालमा देखिएको जलवायु परिवर्तनको असर विश्वले थाहा पाउनुपर्छ’
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस ।
सुन्नुहोस्

काठमाडौं : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार बिहान खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको असरका विषयमा उनले अन्तत्र्रिmया गरेका थिए। सोही अन्तत्र्रिmयामा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। 

यसै क्षेत्रमा पुगेर उनले एउटा भिडियो सन्देश पनि सार्वजनिक गरे। जहाँ उनले भने, ‘म अहिले यहाँ हिमालयमा छु। जहाँ हिमाल पग्लिरहेका छन्। हिमनदीहरू रेकर्ड लेभलमा छन्। अन्टार्कटिका र ग्रिनल्यान्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन्। हामीले बाढीपहिरो देख्नु परेको छ। यहाँको समुदाय नाटकीय रूपमा प्रभावित भइरहेको छ। हामीले यसलाई रोक्न जरुरी छ।’

जलवायु परिवर्तनका असरले हिमालय क्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि आफूले विश्व समुदायको ध्यानाकर्षण गराउन चाहेको उनले उल्लेख गरेका छन्। ‘हामीले बढ्दो तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्न सक्नुपर्छ। यसबाट हामी पछि हट्न सक्दैनौं’, उनले भिडियो सन्देशमार्फत भनेका छन्।

महासचिव गुटेरेससँगै उक्त स्थानमा पुगेका परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार उनले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरका विषय उठाउने बताएका छन्। जलवायु परिवर्तनका विषयमा विशेषगरी प्रदूषण बढाउनमा धनी देशको हात रहेको भए पनि खुम्बु पासाङ ल्हामु गाउँपालिका जस्तो दुर्गम स्थानमा नकारात्मक असर पर्नु एकदमै दुःखद् रहेको उनले बताएका थिए। 

गुटेरेस समक्ष स्थानीय समुदायले पछिल्लो समय पानी पर्दा हिमालबिनाका पहाडबाट पहिरो जाने समस्या बढेको, हिमनदीहरू पग्लिने क्रम बढेको, पानीका मूलहरू सुक्दै गएको, बालीनालीमा मौसम परिवर्तनको असर परेको जस्ता विषय राखेका थिए। उक्त क्षेत्रका स्थानीयले गाउँमा ऊर्जा अभाव भएकोले लघु जलविद्युत् आयोजना निर्माणमा सहयोग गरिदिन अनुरोध गरेका थिए। 
महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याका विषयमा आफू गम्भीर रहेको बताएका थिए। उनले यो समस्याका विषयको सन्देश

विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए। महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, प्रवक्ता सेवा लम्साल, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसंघका अन्य अधिकारीहरू सहभागी थिए।

महासचिव गुटेरेस खुम्बु क्षेत्रबाट फर्केपछि ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको भवन यूएन हाउसमा आयोजित स्वागत समारोहमा पुगेका थिए। राष्ट्रसंघको नेपालस्थित कार्यालयका तर्फबाट आयोजना भएको स्वागत समारोहमा महासचिव गुटेरेस र संयुक्त राष्ट्रसंघका विशिष्टीकृत निकाय, कोष तथा कार्यालयका प्रतिनिधिहिरू, कर्मचारी सहभागी भएका थिए।
महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुगेका हुन्। भ्रमणका क्रममा उनी सोमबार नै पोखरा पुगे। उनी मंगलबार अन्नपूर्ण आधारशिविर र लुम्बिनी जानेछन्। मंगलबारै उनले अपराह्न संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.