भेरीका किसानलाई मौरी गोला

भेरीका किसानलाई मौरी गोला
सुन्नुहोस्

जाजरकोट : भेरी नगरपालिकाका किसानलाई मौरी गोलासहित आधुनिक माहुरी घार वितरण गरिएको छ। खलंगा साना किसान सहकारी संस्थाले इलम परियोजना हेल्भेटास नेपालको आर्थिक सहयोगमा सञ्चालित महिला उद्यमशीलता विकास तथा रोजगारी सिर्जना कार्यक्रमअन्तर्गत मौरी गोलासहितका घार वितरण गरिएको हो।

भेरी नगरपालिका वडा नं १ र २ का ३० मौरीपालक किसानका लागि ९० थान माहुरी गोलासहितका आधुनिक घारलगायतका सामग्री वितरण गरिएको सहकारी संस्थाकी अध्यक्ष यगुमाया कार्कीले बताइन्। अध्यक्ष कार्कीका अनुसार १२ हजार रुपैयाँ पर्ने उक्त गोलासहितको घार ७५ प्रतिशत संस्था र २५ प्रतिशत कृषकले व्यहोर्ने गरी वितरण गरिएको हो।

केही दिनअगाडि ती कृषकलाई मौरीपालनसम्बन्धी एकहप्ते तालिमसमेत प्रदान गरिएको थियो। गोलासहितका घार पाएपछि खुसी हुँदै कृषक मनबहादुर रानाले आफूहरू व्यावसायिक माहुरीपालनमा लाग्ने बताए।

समुदायमै पुगेर मौरी घार वितरण गरिएको हो। घार वितरण गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिंहले माहुरीपालनका लागि उपयुक्त मानिएको यस स्थानमा प्राप्त सहयोगले आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.