राष्ट्रसंघका महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री लुम्बिनीमा

राष्ट्रसंघका महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री लुम्बिनीमा
प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै लुम्बिनी विकास कोसका पदाधिकारी। तस्बिर : लक्ष्मण पोखरेल।

बुटवल : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी पुगेका छन्। उनी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगेका हुन् । 

गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प गएका थिए। गुटरेस त्यहाँबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ ।

गुटेरेसको स्वागतका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी लगायतका विशिष्ट व्यक्तित्वहरु हिजो नै लुम्बिनीमा आइसकेका छन् । 

गुटेरेसले मायादेवी मन्दिर दर्शन गर्नेछन् । उनले मन्दिर परिसरमै मन्तव्यसमेत व्यक्त गर्नेछन् । उनले डेढ घण्टा लुम्बिनीमा बिताउनेछन् ।

गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन्। 

null
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.