राष्ट्रपति पौडेलबाट आममाफी, निस्किएको २५ औं दिनमा महिलाको हत्या

राष्ट्रपति पौडेलबाट आममाफी, निस्किएको २५ औं दिनमा महिलाको हत्या
महिला हत्यामा संलग्न सानीभेरी गाउँपालिका–९ सिम्लीका ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकलाई सार्वजनिक गर्दै प्रहरी।

अनुसन्धानबाट खुल्यो– ‘हत्यामा संलग्न सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका व्यक्ति रहेछन्।’

जाजरकोट : रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना विकको हत्या प्रहरीका अनुसार योजनाबद्ध रूपमा भयो। गत असोज २८ गते हत्या गरिएकी उनको शव असोज ३० गते एक होटलमा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानबाट खुल्यो– ‘हत्यामा संलग्न सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका व्यक्ति रहेछन्।’ ती व्यक्ति हुन् रुकुम पश्चिमकै सानीभेरी गाउँपालिका–९ सिम्लीका ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विक। अनुसन्धानमा सक्रिय जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई भन्छन्, ‘लोकेन्द्रले भावनाको हत्या योजनाबद्ध रूपमा गरेका रहेछन्, त्यो पनि कारागारबाट छुटेपछि।’

लोकबहादुर यसअघि नै कारागार चलान भइसकेका व्यक्ति हुन्। उनी बहुविवाहको मुद्दामा दोषी करार हुँदै ११ महिनाका लागि कारागार चलान भएका थिए। तर, उनले ६ महिना कैद भुक्तान गर्दै गत असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद सजाय छुट पाएका थिए। भावना र लोकबहादुरका बीचमा कारागारमै समेत भेट भएको प्रहरी अनुसन्धानबाट खुलाएको छ। भावना लोकबहादुरलाई भेट्न २ पटक जिल्ला कारागार पुगेको पाइएको डीएसपी भट्टराईले जानकारी दिए।

‘लोकबहादुरले सुरुमा भावनाले चक्कु ल्याएको र सोही चक्कुले भावनाको हत्या गरेको बयान दिएका थिए, तर अनुसन्धानका क्रममा लोकबहादुरले नै चक्कु किनेको पुष्टि भएको छ, उनी घटना घटाउने उद्देश्यले सिम्लीबाट नै चक्कु किनेर खलंगा आएका थिए,’ प्रहरी प्रमुख भट्टराईले भने। लोकबहादुरले चक्कु किनेको पसल तथा उनलाई मोटरसाइकलमा खलंगासम्म ल्याउने व्यक्तिको समेत पहिचान खुलिसकेको डीएसपी भट्टराईको भनाइ छ। चक्कु नै किनेर ल्याएको पुष्टि भएपछि उनले योजनाबद्ध रूपमै भावनाको हत्या गरेको पुष्टि भएको प्रहरीको दाबी छ। भावनाका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा विदेशमा छन्।

लोकबहादुरले भावनाबाट पैसा लिएको समेत खुलेको छ। प्रारम्भिक बयानका क्रममा लोकबहादुरले भावनालाई ५ लाख रुपैयाँ सापटी दिएको र भावनाले विवाहका लागि दबाब दिएको भन्दै हत्या गरेको बयान दिएका थिए। तर, अनुसन्धानका क्रममा भावनाले नभई लोकबहादुरले भावनाबाट पैसा लिएको खुलेको डीएसपी भट्टराईले जानकारी दिए। 

‘भावनालाई पैसा दिएको भन्ने लोकबहादुरको बयान पनि गलत देखिएको छ, उल्टै भावनाबाट लोकबहादुरले ५० हजारको चेक लगेको भेटिएको छ,’ उनले भने, ‘लोकबहादुरको बैंक स्टेटमेन्ट मगाएका छौं, त्यसबाट थप खुल्ला।’ घटनाको अनुसन्धान जारी रहेको तर अहिलेसम्मको अनुसन्धानबाट लोकबहादुरले योजना बनाएरै भावनाको हत्या गरेको देखिएको डीएसपी भट्टराईले बताए।

लोकबहादुरले भावनाले विवाहका लागि दबाब दिएपछि हत्या गरेको बयान दिए पनि भावनाले आफूले दिएको पैसा माग्न थालेपछि लोकबहादुरले हत्या गरेको प्रहरीको भनाइ छ। घाँटी रेटेर हत्या गरिएको अवस्थामा गत असोज ३० गते बिहान भावनाको शव मुसिकोट खलंगाको सत्कार होटलमा भेटिएको थियो। त्यसको पर्सिपल्ट नै प्रहरीले लोकबहादुरलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। उनीहरूका बीचमा गत स्थानीय तहको निर्वाचनको क्रममा चिनचान भएको र सोही चिनजान प्रेम सम्बन्धमा बदलिएको प्रहरीको भनाइ छ। लोकबहादुर माओवादी कार्यकर्ता हुन्।

अनुसन्धानका क्रममा पछिल्लो २५ दिनमा उनीहरूबीच १ सय २४ पटक कुराकानी भएको प्रहरीले जनाएको छ। सम्बन्ध बढ्दै गएपछि उनीहरू बीचमा आर्थिक लेनदेनसमेत सुरु भएको र सोही कारण घटना भएको प्रहरीको भनाइ छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.