‘सत्ता गठबन्धन कमाउनमै केन्द्रित भयो, आर्थिक संकट बढेपछि ४० प्रतिशत पसल बन्द’

‘सत्ता गठबन्धन कमाउनमै केन्द्रित भयो, आर्थिक संकट बढेपछि ४० प्रतिशत पसल बन्द’
सुन्नुहोस्

नुवाकोट : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जताततै भ्रष्टाचारले जरा गाडेर देश संकटमा परेको दाबी गरेका छन् । नुवाकोटको कोल्पुटारस्थित केउरिनीमा बुधबार आयोजित कार्यक्रममा नेता केसीले देशमा हाल विकास निर्माण, सेवाग्राहीको काम, सिफारिसलगायत सबै क्षेत्रमा अनियमितता बढेको दावी गरेका हुन् । उनले भ्रष्टाचारका कारण देश आर्थिक संकटमा परिरहेको बताए। देशमा सरकारले आर्थिक सन्तुलनलाई नियन्त्रण गर्न नसक्दा काठमाडौंकासमेत ४० प्रतिशत पसलहरु बन्द भइसकेको बताए।

देशमा आर्थिक संकट बढ्दा युवा शक्ति पलायन भइरहेको, सम्भावना र अवसरलाई सरकारले पस्किन नसक्दा जनताको नजरमा वितृष्णा र विरोध मात्रै बढेको बताए । उनले हरेक क्षेत्रमा भ्रष्टाचारका कारण मुलुक समस्यामा परेको अवस्थामासमेत गठबन्धनको सरकारले देशलाई सन्तुलनमा राख्न नसकेको नेता केसीले बताए। 

उनले आफ्नै दल नेपाली कांग्रेसको नेतृत्वप्रति असहमति जनाउँदै विधि, प्रक्रिया र लोकतन्त्रको मर्मलाई भुलेको आरोप लगाए । उनले आफू भ्रष्टाचार नियन्त्रण अभियानमा केन्द्रीत रहेको दावी गर्दै देशमा भ्रष्टाचारले देशको विधिनै सकिने पनि खुलासा गरे । अहिले लुट र भ्रष्टाचारलाई सरकारले संरक्षण गरिरहेको पनि नेता केसीको आरोप छ ।

सत्तारुढ गठकन्धन दलकै सांसदसमेत रहेका नेता केसीले वर्तमान सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशलाई सन्तुलनमा राख्न नसकेकोसमेत बताए। सांसद केसीले मिलेर खानकै लागि वर्तमान गठबन्धन बनेको र यो असफल भइसकेको आरोप लगाए। देशको अर्थतन्त्र सुधार नभएसम्म देशले विकासको गतिविधिमा फड्को मार्न नसक्ने भन्दै केसीले नयाँ सरकारले अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्ने र काम सुरु गरिहाल्नुपर्ने बताए ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.