मन्दिरमा चढाइएको चामल अनाथालयलाई सहयोग

मन्दिरमा चढाइएको चामल अनाथालयलाई सहयोग
सुन्नुहोस्

ढल्केवर(धनुषा) : दसैं अवधिभर धनुषाको ढल्केवरस्थित दुर्गा मन्दिरमा चढाइएको चामल अनाथालयलाई प्रदान गरिएको छ। 

मन्दिरमा दर्शनार्थीहरूले चढाएको चामल कविर बाल अनाथ आश्रम हरिहपुर शाखालाई सहयोग गरिएको दुर्गा पूजा मेला समिति ढल्केवरले जनाएको छ।

बुधबार दुर्गा पुर्जा मेला समिति ढल्केवरका अध्यक्ष विवेक ठाकुरको नेतृत्वमा समितिले कविर बाल अनाथ आश्रमका सञ्चालक सत्यनारायण आलोकलाई १ क्वीन्टल ५ किलो चामल हस्तान्तरण गरेका हुन्।

‘मुख्यत सप्तमीका दिन श्रद्धालु महिलाहरूले माताको खोइछ भर्न चामल चढाउँछन्। त्यसमध्येबाट १ क्वीन्टल ५ किलो चामल अनाथ आश्रमलाई प्रदान गरेका छौं,’ मेला समितिका अध्यक्ष ठाकुरले अन्नपूर्ण पोस्टसँग भने ‘यसले अनाथालयलाई थोरै भएपनि राहत पुग्ने हाम्रो विश्वास छ।’

मन्दिरमा चढाइएको चामल अनाथालयलाई सहयोग गरेपछि समितिको चौतर्फी प्रशंसा भइरहेको छ। ‘युवाहरूले नेतृत्व गरेको मेला समितिको यो कदम उदाहरणीय छ। यसले सहयोगका निम्ति सकारात्मक सन्देश गएको छ,’ व्यवसायी विजय ठाकुर भन्छन् ‘यस्ता कार्यहरू सबैतिर सिको गरिनुपर्छ।’

जनकपुरधाम मुख्य कार्यालय रहेको कविर बाल अनाथ आश्रममा १४ बालबालिका रहेको छ। आर्थिक अभावले आश्रम सञ्चालनमा कठिनाई भइरहेको बेला यो चामलले राहत हुने कविर बाल अनाथ आश्रमका सञ्चालक सत्यनारायण आलोकले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.