परदेशमा अस्तायो रतनको परिवार

भारतमा भएको दुर्घटनामा एकै परिवारका पाँच नेपालीको मृत्यु

भारतमा भएको दुर्घटनामा एकै परिवारका पाँच नेपालीको मृत्यु
तस्बिर : मृतकको भारतमा नै सामुहिक दाहसंस्कार गरिँदै। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सुर्खेत : भारतमा भएको सवारी दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। सुर्खेतको चौकुने गाउँपालिका-७ अमलाटाकुराका पाँच जनाको दुर्घटनामा मृत्यु भएको हो। 

बिहीबार राति भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्लाअन्तर्गत अवजलपुरमा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।

मृत्यु हुनेमा चौकुनेस्थित अमालाटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता, उनका छोराहरू ५ वर्षीय मिलन र २ वर्षीय धड्कन तथा भाइबुहारी सुस्मिता नेवार रहेका छन्। 

उनीहरू रोजगारीका लागि एक वर्षअघि भारत गएको छिमेकीले बताएका छन्। घरको आर्थिक अवस्था कमजोर भएपछि छाक टार्ने उपायको खोजीमा उनीहरू भारत पुगेका थिए। मजदुरी गरेर धन कमाउने सपनासहित भारत पुगेका उनीहरू गाउँ फर्किन पाएनन्।

अस्पतालमा उपचार गराइरहेका छिमेकी दाइलाई भेटेर फर्किने क्रममा बिहीबार राती उनीहरू सवार मोटरसाइकल गोवा जाने मुख्य सडकमा ट्रकसँग ठोक्किएको थियो। त्यसक्रममा उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग बिकले जानकारी दिए। ‘अस्पतालमा उपचार गराइरहेका छिमेककै दाई नाता पर्नेलाई भेटेर फर्किएको रतनको परिवार नै दुर्घटनामा परेछ, उनीहरू सवार मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएछ। उक्त मोटरसाइकल रतनले चलाएका रहेछन्’, अध्यक्ष बिकले भने। 

आर्थिक अवस्था कमजोर भएका कारण रतनको परिवार रोजगारीका लागि भारतमा गएको अध्यक्ष बिकले बताए। चौकुने गाउँपालिका-७ का वडाध्यक्ष धनिराम धमालाले मृतक पाँचै जनाको शुक्रबार भारतमा नै दाहसंस्कार गरिएको बताए। 

मृतकलाई भारतमै रहेका रतनका माइला भाइ रमेश नेवारले दागबत्ति दिएको आफन्तले जानकारी दिए। पीडित परिवारलाई किरिया खर्चबापत वडाले २० हजार रुपैयाँ दिने निर्णय गरेको छ। मृतकको दाहसंस्कार भारतमा नै भए पनि काजकिरिया भने गाउँमा नै हुने आफन्तले बताएका छन्। 

एकै परिवारका ५ जनाको भारतमा मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ। धन कमाउने आशामा भारत पसेका रतनको परिवार दुर्घटनामा परेपछि छिमेकीहरू भक्कानिएका छन्। रतन भारतमा चौकीदारीको काम गर्थे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.