पूर्वाधार विकासमा १९ योजना

पूर्वाधार विकासमा १९ योजना
सुन्नुहोस्

जोमसोम : गण्डकी प्रदेश सरकारअन्तर्गत चालू आर्थिक वर्ष २०८०/८१ लागि १९ नयाँ योजना थपिएका छन्। सडक स्तरोन्नतितर्फ १७ र पुल निर्माणतर्फ २ गरी १९ नयाँ योजना थपिएका पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ।

अघिल्ला आर्थिक वर्षमा दायित्व सरेका बहुवर्षीय ५ र अन्य १२ योजना निर्माणाधीन अवस्थामा छन्। योसँगै पूर्वाधार कार्यालयमा  साना÷ठूला गरी ३६ योजना रहेका कार्यालयका सूचना अधिकारी घनश्याम रोक्कामगरले जानकारी दिए। 

यसअघिका बहुवर्षीय योजनाअन्तर्गत लोमान्थाङ रिङरोड र घरपझोङ रिङरोडसहित करोड रुपैयाँ लागतका पाँच योजना सम्पन्न हुन बाँकी छन्। अघिल्लो आर्थिक वर्षबाट सरेका बहुवर्षीय र सालबसाली योजना गरी १७ वटा दायित्व सिर्जना भएको सूचना अधिकारी रोक्कामगरले बताए।

पूर्वाधार कार्यालयमा थपिएका योजनामध्ये १७ सडकका लागि १३ करोड २० लाख र २ पुल निर्माणका लागि १ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। चालू वर्ष थपिएका नयाँ योजना धेरैजसो उपल्लो मुस्ताङका लागि परेको बताइएको छ। उपल्लो मुस्ताङको पर्खाल घेरिएको माटोको सहर लोमान्थाङ गेटदेखि लोमान्थाङ वाल वरिपरि आरसीसी सडक निर्माणका लागि प्रदेश सरकारले साढे ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

यस्तै, लोमान्थाङ स्वागत गेटदेखि थाकारनाङ जोड्ने सडक स्तरोन्नतिका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ। मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका १,२ र ३ नम्बर वडा जोड्ने रानीपौवा, पुराङ, हुँदै झोङ र तेताङ जोड्न सडकका नयाँ योजनामा परेका छन्। यसका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भइसकेको र उक्त सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भएको पूर्वाधार कार्यालयले जनाएको छ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रअन्तर्गत समर र घ्याकर कृषि सडकका लागि ५० लाख, लोघेकर दामोदर कुण्डको घिलिङ गाउँभित्र सडक स्तरोन्नतिमा ५० लाख र घिलिङ गाउँभित्रको सडक निर्माण योजनामा ६० लाख विनियोजन भएको छ। मुस्ताङको घरपझोङ—३ को सोनामको घरदेखि स्याङ गाउँ जाने कृषि सडक निर्माण तथा गल्छी नियन्त्रणका लागि ३० लाख, थासाङ—५ को टिटी गाउँ लार्के सडक निर्माणमा ५० लाख, लोमान्थाङको ताङ्लादेखि लोमान्थाङ सडक स्तरोन्नतिमा ५० लाख र थासाङ गाउँपालिका—१ टुकुचे—झोङो जोड्ने कृषि सडक निर्माण तथा स्तरोन्नतिमा ५० लाख बजेट विनियोजन भएको छ।

यस्तै, गण्डकी प्रदेश सरकारअन्तर्गत पुल निर्माणतर्फ घरपझोङ र वारागुङ मुक्ति क्षेत्रमा दुई योजना परेका छन्। जसअन्र्तगत बारागुङ—२ को छेङ्गुर—झोङ जोड्ने मोटरेबल पुलका लागि १ करोड ५० लाख र घरपझोङ—५ को ढुम्बाताल जाने ठिनी खोला मोटरेबल पुलका लागि ४० लाख बजेट परेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.