ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त
सुन्नुहोस्

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन्। आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। पोखरेलसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ। 

वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित पोखरेल यसअघि आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा रहि कार्य सम्पादन गरिसकेका छन्। 

नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रहि उक्त कम्पनीलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका छन्। 

नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठूलो बैंकमा पुनः आबद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताए। 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५२ शाखा, ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.