म्याद गुज्रिएका औषधि प्रयोग गर्दै वीरगन्जका निजी अस्पताल

म्याद गुज्रिएका औषधि प्रयोग गर्दै वीरगन्जका निजी अस्पताल
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा रहेका निजी अस्पतालहरूले बिरामीको स्वास्थ्यसँग खेलवाड गरिरहेको पाइएको छ। वीरगन्जमा रहेको तराई हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र भवानी हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले बिरामीको उपचारमा म्याद गुज्रिएका औषधि प्रयोग गरेको भेटिएको हो। 

वीरगन्ज महानगरपालिकाद्वारा गठित बजार व्यवस्थापन तथा अनुगमन समितिले मंगलबार दुईवटा निजी अस्पतालको छड्के अनुगमन गरेको थियो। त्यसैक्रममा तराई हस्पिटल र भवानी हस्पिटलमा गरिएको छड्के अनुगमनका क्रममा बिरामीको उपचारका लागि दुवै अस्पतालले म्याद गुज्रिएको औषधिदेखि केमिकलसम्म प्रयोग गरिरहेको भेटिएको हो।

म्याद गुज्रिएको औषधि र केमिकल प्रयोगले बिरामीको ज्यान जाने जोखिम हुँदा समेत दुवै अस्पतालले लापरबाही गरेको भेटिएको हो।

अनुगमन समितिका सदस्य एंव महानगरपालिकाका कार्यपालिका सदस्य कन्हैया ठाकुरका अनुसार अनुगमनका क्रममा तराई हस्पिटलमा रहेको स्वास्थ्य परीक्षण ल्याबमा म्याद गुज्रिएको केमिकलका साथै औषधिहरू प्रयोग भइरहेको भेटिएको हो। त्यही हस्पिटलको आकस्मिक कक्ष (इमर्जेन्सी वार्ड)मा मापदण्ड अनुसारको सरसफाइ नभएकोपनि भेटिएको उनले बताए। ठाकुरले भने,‘इमर्जेन्सीमा रहेको बेडको तल हामीले मरेको छेपारो भेट्यौँ, त्यस्तै शौचालय पनि नियमित सफाइ नभएको पायौँ,’।

त्यस्तै भवानी हस्पिटलमा पनि अनुगमन गर्ने क्रममा बिरामीको उपचारका लागि म्याद गुज्रिएको औषधि प्रयोग भइरहेको भेटिएको ठाकुरले जानकारी दिए। भवानी अस्पतालको आइसियु कक्षमै म्याद गुज्रिएको औषधि बिरामीको उपचारमा प्रयोग भइरहेको अवस्थामा फेला परेको ठाकुरले बताए। उनले भने, ‘भवानीको ल्याबमा पनि म्याद गुज्रिएको औषधि, किट र केमिकलहरू भेटेका छौँ।’ 

दुवै अस्पतालमा भेएिका म्याद गुज्रिएको औषधि, केमिकल र किटहरू अनुगमन समितिले नियन्त्रणमा लिई जफत गरेको ठाकुरले बताए।

पहिलो चरणको अनुगमन भएको कारण हालका लागि दुवै अस्पताललाई चेतावनी दिइएको उनले बताए। ‘अहिलेको लागि गल्ती सुधार्ने मौकासहित चेतावनी दिएका छौँ। भविष्यमा समेत गल्ती गरेको भेटिए अस्पताल सिल नै गर्छौँ,’ ठाकुरले भने।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, घरेलु तथा साना उद्योग कार्यालय पर्सा, औषधि व्यवस्था विभाग वीरगन्ज, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र वीरगन्ज महानगरपालिका अन्तर्गतको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रतिनिधिहरूको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.