एलआईसी नेपालले लाभांश नदिने, साधारणसभा कहिले ?

एलआईसी नेपालले लाभांश नदिने, साधारणसभा कहिले ?
सुन्नुहोस्

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले गत आवको नाफाबाट लाभांश नदिने भएको छ। कम्पनीले बिनालाभांश प्रस्ताव साधारणसभा बोलाएको हो। साधारणसभा मंसिर १८ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा आयोजना हुनेछ।

सभाका लागि कम्पनीले वार्षिक प्रतिवेदन पारित गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव गरेको छ। साधारणसभा प्रयोजनार्थ कम्पनीको बुक क्लोज मंसिर ११ गते हुनेछ। अर्थात् मंसिर १० गतेसम्म कायम सेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन्।

कम्पनीले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्दैछ। १:०.८८४५ को अनुपातमा हकप्रद जारीको अनुमति माग्दै कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको हो। कम्पनीले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्नेछ जसको निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। 

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ। हकप्रद सेयर जारी भएपछि यस कम्पनीले नेपाल बिमा प्राधिकरणको निर्देशनअनुसार ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.