दराज ११:११ मा ग्लोबल आइएमई बैंकका ग्राहकलाई २० प्रतिशत छुट

दराज ११:११ मा ग्लोबल आइएमई बैंकका ग्राहकलाई २० प्रतिशत छुट
सुन्नुहोस्

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले दराजको ११:११ अफरमा दराजबाट अनलाइनमार्फत् सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ। 

नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा (VISA) डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत् सामान खरिद गर्दा कूल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइनेछन् । 

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा दुई हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा दुई हजार पाँच सयसम्म छुट पाउनेछन्। 

बैंकका कार्ड बाहक ग्राहकहरूले छुट पाउनका लागि दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर संकलन गर्नुपर्नेछ। यी भाउचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुनेछन्। 

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई सहज, निरन्तर तथा इनामदायी किनमेल अनुभव सुनिश्चित गर्दै आएको छ। 

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावाञ्वित गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.