२६ बोरा चिनीसहित एक जना पक्राउ

२६ बोरा चिनीसहित एक जना पक्राउ
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको आप्रहबाट चिनी र युरिया मल बरामद भएको छ। प्रहरीले चालक र गाडीलाई नियन्त्रणमा लिएको छ। 

पन्चकन्या गाउँपालिका-२ कबिलासको आप्रहमा ग१ख ९१४६ नं. को आइचर ट्रकले ठोरी पर्साबाट अवैधरूपमा ल्याएको चिनी र युरिया मल विक्री वितरण गर्दै गरेको सूचना आएपछि २६ बोरा चिनी, अवैध युरिया मल १ बोरासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

इलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरी टोलीले अवैध चिनी र मलसहित उक्त गाडी र चालक दीपेश मानन्धरलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार आवश्यक कारबाहीको लागि बरामद  सामान, गाडी र सवारी चालकलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ। प्रहरीका अनुसार बरामद चिनी १३ क्विन्टल रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.