ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग
सुन्नुहोस्

काठमाडौं : ज्योति विकास बैंकले जाजरकोट केन्द्रविन्दु भई गत शुक्रबार गएको भूकम्पबाट पीडितहरूको उद्धारका लागि आर्थिक सहयोग गरेको छ। 

बैंकले भूकम्पबाट पीडितहरूको उद्धार तथा सहयोगका लागि जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।

उक्त रकम ज्योति विकास बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्रबहादुर ऐडीले जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरे। 

ज्योति विकास बैंकले जाजरकोट स्थित शाखा मार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत विभिन्न क्षेत्रमा समन्व्य र सहयोग गर्दै आएको छ। बैंकले आगामी दिनहरुमा पनि जाजरकोटस्थित शाखा कार्यालयमार्फत दीर्घकालीन र दीगो कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंक नागरिकको आवश्यकता अनुरुप आवश्यक सहयोग गर्दै आएको छ। 

ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ। 

                                                                                                                                           
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.