लागूऔषधसहित एक युवक पक्राउ

लागूऔषधसहित एक युवक पक्राउ
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका-३ का २४ वर्षीय विशाल नारायण झा रहेको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका-४ स्थित मुरली चोकमा प्रदेश २-०२-००३ प. ५०२७ नम्बर मोटरसाइकलमा सवार झालाई रोकेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध नाइट्रोभेट ट्याबलेट ९९ पिस बरामद भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई लागूऔषध मुद्दा शीर्षकमा म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अवाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.