अदालतबाट दोषी ठहर भइ फरार १० प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भइ फरार १० प्रतिवादी पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

उदयपुर : जिल्ला अदालतको फैसलापछि फरार रहेका १० जना प्रतिवादीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयका लागि खटिएको प्रहरीको विशेष टोलीले वन र गाली बेइजती मुद्धामा कसुर ठहरिएका उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा वन मुद्दामा बेलका नगरपालिका–१ का गोविन्द ठाकुर, महिन्द्र राई, चन्द्रबहादुर रोक्का कार्की, बुद्धिमान तामाङ्ग, चन्द्र तामाङ्ग, बेलका २ का जयप्रकाश चौधरी रहेका छन् । त्यसैगरी गालीबेजती मुद्दामा सहदेव चौधरी, संगिता चौधरी, सरिता चौधरी, मानती चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश थापाले जानकारी दिए ।

वन मुद्दामा अदालतको २०७१ जेठ २१ गतेको फैसलाले गोबिन्दलाई २ महिना २० दिन कैद र ४५ हजार ९६ रुपैयाँ जरिवाना,महिन्द्रलाई २०७३ असार १६ गतेको फैसलाले १७ दिन कैद,चन्द्र रोका, बुद्धिमान र चन्द्र तामाङ्गलाई २ महिना कैद तोकेको छ । 

त्यस्तै वन मुद्दामा नै २०७५ पुस ६ गतेको फैसलाले जयप्रकासलाई २९ हजार ३६२ रुपैयाँ जरिवाना तोकेको डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । गाली बेइजती मुद्दामा अदालतको २०७३ चैत्र ५ गतेको फैसला अनुसार जनही ५ सय जरिवाना तोकिएका सहदेव,संगिता, सरिता र मानतीलाई पक्राउ गरिएको उनले बताए । 

पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाइएको डीएसपी चौधरीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.