उदयपुर अस्पताल कोसी प्रदेशकै पहिलो

उदयपुर अस्पताल कोसी प्रदेशकै पहिलो
सुन्नुहोस्

उदयपुर : जिल्ला अस्पताल उदयपुर कोसी प्रदेशकै सर्वोत्कृष्ट अस्पताल घोषित भएको छ। प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य निर्देशनालय धनकुटालले आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यसम्पादन मूल्यांकनमा १३ जिल्लालाई पछि पार्दै उदयपुरले पहिलो स्थान हासिल गरेको हो।

आर्थिक वर्ष २०७८/०७९ मा १४ औँ स्थानमा रहेको अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, सरसफाई, विशेषज्ञ सेवामा ल्याएको परिवर्तनकै कारण इतिहास रच्न सफल भएको सूचना अधिकारी योगेश खनालले जानकारी दिए।

निर्देशनालयको मूल्यांकनअनुसार जिल्ला अस्पताल ताप्लेजुङ द्वितीय र जिल्ला अस्पताल सोलु तृतीय भएका छन्। निर्देशनालयको आयोजनामा कात्तिक २१ देखि २३ गतेसम्म सञ्चालित प्रदेश स्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीमा पुरस्कृत गरिएको छ। 

पछिल्लो समय  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञानेन्द्रकुमार झाको नेतृत्वमा रहेको टिमको अथक मेहनत र प्रभावकारी सेवाकै कारण प्रदेशकै प्रथम बन्न सफल भएको खनालले बताए। 

मेसु झाले नेतृत्व लिएसँगै बाल, हाडजोर्नी तथा नसा, प्रसूति तथा महिला, फिजिसियन, सर्जरी लगायतका विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ।

चालु आर्थिक वर्षभित्र नै अस्पतालमा मिगौला रोगीहरूका लागि डायलाइसिस सेवा समेत विस्तार गर्ने लक्ष्य रहेको मेसु झाले बताए। पछिल्लो समयमा अस्पतालमा गुणस्तरीय सेवा उपलब्ध भएसँगै छिमेकी जिल्ला खोटाङ, ओखलढुंगा, सिन्धुली, सप्तरी, भोजपुरका बिरामीहरू समेत सेवा लिन आउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.