बागलुङ कप टि २० क्रिकेटको उपाधिका लागि कास्की र नवलपुर भिड्ने

बागलुङ कप टि २० क्रिकेटको उपाधिका लागि कास्की र नवलपुर भिड्ने

बागलुङ : बागलुङमा जारी ‘बागलुङ कप’ टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि कास्की र नवलपुर भिड्ने  भएका छन्। शुक्रबार भएको सेमिफाइनलमा कास्कीले स्याङ्जालाई ६ विकेटले हराउँदा नवलपुरले पर्वतलाई १० विकेटले पराजित गर्‍यो। 

शुक्रबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा फाइनल प्रवेशका लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको कास्कीले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। कास्कीलाई फाइनलमा पुर्‍याउनका लागि विपिन खत्रीले कप्तानी इनिङ खेलेका थिए। उनले १८ बलमा २ चौका र २ छक्काको मद्दतले २५ रन बनाए। यस्तै किरण पौडेलले १५ रन बनाए भने अभिषेक थापाले अविजित १२ र सुवास भण्डारीले ११ रन बनाए।

स्याङ्जाका लागि सन्दिप खत्रीले २ विकेट लिए भने अंकित न्यौपाने, आश्विनी राना र विपिनराज न्यौपानेले समान १–१ विकेट लिए। त्यसअघि बाङ्गेचौर खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले १९ ओभरमा ९२ रनमा अलआउट भएको थियो। स्याङ्जाका लागि सुजन गौतमले २५ र अंकित न्यौपानेले २२ रन बनाए।

कास्कीका लागि कप्तान विपिन खत्रीले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए। विपिनले प्रतियोगितामा लगातार ५ विकेट लिएका हुन्। उनले समूह चरणको अन्तिम खेलमा बागलुङ विरुद्ध ५ विकेट लिएका थिए। अभिषेक थापाले ३, सुवास भण्डारी र कृष्ण पौडेलले समान १–१ विकेट लिए।

यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा नवलपुरले पर्वतलाई १० विकेटले पराजित गरेको छ। फाइनल प्रवेशका लागि ४१ रनको सामान्य लक्ष्य पछ्याएको नवलपुरले ४.१ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्यो। नवलपुरका लागि ओपनर रविन शर्माले १६ र गोविन्द विकले १३ रन बनाए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पर्वतले १३.२ ओभरमा ४० रनमा अलआउट भएको थियो। खराब सुरुवात गरेको पर्वतका लागि तेस्रो नम्बरमा ब्याटिङ गरेका विनोद नेपालीले १४ रन बनाए। पर्वतका ७ जना व्याट्सम्यानले खाता नखोली पबेलियन फर्केका थिए।

नवलपुरका लागि कुमार रानाले ४ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेर ४ विकेट लिए। सुदिप अर्याल र शिशिर भुषासले २–२ विकेट लिए भने स्विकार श्रेष्ठले १ विकेट लिए। 

बागलुङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ पाउने छन्। 

यस्तै विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार रुपैयाँ, वेष्ट व्याट्सम्यान र वेष्ट बलरले ५–५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दि म्याच विजेताले १ हजार रुपैयाँ प्राप्त गर्ने संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.