धनुषामा रेलले किचेर मृत्यु भएका व्यक्ति भारतीय नागरिक
![धनुषामा रेलले किचेर मृत्यु भएका व्यक्ति भारतीय नागरिक](https://annapurnapost.prixacdn.net/media/albums/dead-rail_AUZ38QafKE_UjA786WarW.jpg)
धनुषा : धनुषामा रेलले किचेर एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहारको मधुवनी जिल्लास्थित जयनगर बेलहीका अन्दाजी ६० वर्षीय विन्देश्वर दास रहेका धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाले अन्नपूर्णलाई जानकारी दिए ।
मंगलबार बिहान जनकपुर-जयनगर रेलमार्ग अन्तर्गत धनुषाको विदेह नगरपालिकास्थित बैदेही स्टेशन नजिक बाटो काट्ने क्रममा उनी लिकमा रेलले किचिएका प्रहरी नायव उपरीक्षक अवाले बताए ।
रेल जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिरहेको प्रहरी नायव उपरीक्षक अवाले जनाए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)