नेपाल तान्जानियासँग २७ रनले पराजित
काठमाडौं : नेपाल तान्जानियासँग २७ रनले पराजित भएको छ। हङकङमा सुरु भएको चार देशीय महिला टी- ट्वान्टीआई सिरिजमा बुधबार पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको हो।
टस जितेर ब्याटिङ गरेको तान्जानियाले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर ११५ रन बनायो। जवाफी ब्याटिङ गरेको नेपाल १६.५ ओभरमा अलआउट हुँदै ८८ रनमात्र बनाउन सक्यो।
नेपालका लागि सीता राना मगरले सर्वाधिक ४३ रन बनाए। त्यस्तै इन्दु बर्मा १५ रन बनाएर पेभेलियन फर्किँदा अन्य खेलाीले दोहोरो अंकको रन जोड्न सकेनन्।
प्रतिक्रिया दिनुहोस !