बंगलादेशका अलराउन्डर सकिब अल हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा बंगलादेशी अलराउन्डर सकिब अल हसनले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।
तेस्रो सिजनको एनपीएलका लागि पोखराले पहिलो विदेशी खेलाडीका रूपमा ३९ वर्षीय हसनलाई अनुबन्ध गरेको हो। बायाँ हाते अर्थोडक्स स्पिनर हसनले ब्याटिङमा पनि राम्रो क्षमता राख्छन्।
उनले भारतीय प्रिमियर लिग(आईपीएल)सहित विश्वका ७ भन्दा बढी फ्रेन्चाइज लिग खेलिसकेको अनुभव राख्छन्। उनले सन् २०२१ मा कोलकाता नाइट राइडर्सबाट आइपीएल खेलेका थिए।
सन् २००६ मा बंगलादेशको लागि टी २० अन्तर्राष्ट्रियमा डेब्यू गरेका उनले पहिलो पटक नेपाली लिग खेल्न लागेका हुन्। बंगलादेशका पूर्व कप्तानसमेत रहेका उनले टी २० अन्तर्राष्ट्रियमा बंगलादेशका लागि १२९ खेल खेलेका छन्। जसमा उनले १४९ विकेट र ब्याटिङतर्फ २ हजार ५५१ रन बनाएका छन्।
प्रतिक्रिया दिनुहोस !