सकियो पहिलो सिजनको नेपाल भलिबल लिगको अक्सन, यस्ता देखिए ६ टोली

सकियो पहिलो सिजनको नेपाल भलिबल लिगको अक्सन, यस्ता देखिए ६ टोली
सुन्नुहोस्

काठमाडौं : नेपाल भलिबल लिग (एनभिएल)को पहिलो सिजनको अक्सन सकिएको छ। पहिलो सिजनको अक्सनमा क्याटगोरी ‘ए'बाट २४ जना र क्याटगोरो  ‘बी' बाट १८ जना खेलाडी ६ टोलीमा अनुबन्ध भएका छन्।

पहिलो सिजनको एनभिएलका लागि क्याटेगोरी ‘ए' का खेलाडीको लागि न्यूनतम १ लाखबाट बोली सुरु हुने थियो। अधिकतममा १ लाख २० हजारसम्म क्याटेगोरी ‘ए‘  को खेलाडीलाई बोली लगाउन पाइने थियो। क्याटगोरी ‘बी' मा भने ५० हजारबाट खेलाडीको बोली लगाइएको थियो। जसको अधिकतम बोली ७० हजारसम्म लगाउन सकिने थियो।

पहिलो सिजनको एनभिएलका लागि ६ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा सगरमाथा स्म्यासर्स,अन्नपूर्ण स्पाइकर्स किङ्स, कर्णाली शिवराज, काठमाडौं रेड्स, मधेश वरियर्स र खप्तड फाल्कन्स रहेका छन्।

सनोज र चिरन माथि ६ टोलीको बोली 

क्याटगोरी ए बाट दुईजना खेलाडीलाई ६ वटै फ्रेन्चाइज टोलीले भोलि लगाएका थिए। जसमा चिरञ्जीवी (चिरन)खड्का र सनोज चौधरी रहेका थिए। 

पहिलो सिजनको अक्सनका क्रममा चिरन खड्का र सनोद चौधरीमाथि ६ वटै टोलीले बोली लगाएका थिए। चिरन खड्का काठमाडौँ रेड्समा र सनोज चौधरी कर्णाली शिवराजमा लकी ड्र मार्फत अनुबन्ध भए। यी खेलाडी अधिकतम मूल्य १ लाख २० हजारमा सम्बन्धित टोलीमा अनुबन्ध भएका हुन्। 

क्याटगोरी ए बाट अनुबन्ध हुने खेलाडीहरू र टिम:

राजेन्द्र धामी : अन्नपूर्ण स्पाइकर्स ; १ लाख २० हजार
सरोज बर्देवा: खप्तड फाल्कन्स; १ लाख २० हजार 
राजन थापा: मधेश वारियर्स ;१ लाख 
निर्ध्वज बस्नेत: कर्णाली शिवराज; १ लाख २० हजार
सुभास कुँवर: सगरमाथा स्मार्स; १ लाख २० हजार
सन्तोष राई: काठमाडौँ रेड्स ;१ लाख २० हजार 
सन्तोष बिक: काठमाडौँ रेड्स; १ लाख २० हजार
सुरेन्द्र खत्री: अन्नपूर्ण स्पाइकर्स किङ्स ;१ लाख २० हजार

बिनोद चन्द :कर्णाली शिवराज ;१ लाख २० हजार 
धनबहादुर भट्ट: मधेस वारियर्स; १ लाख २० हजार 
विपस थापा :खप्तड फालकन्स;१ लाख २० हजार
सुरज सुनारा कर्णाली शिवराज १ लाख २० हजार
चिरञ्जीवी खड्का: काठमाडौं रेड्स; १ लाख २० हजार रामविनय यादव :मधेस वरियर्स; १ लाख 
रवि केसी: अन्नपूर्ण स्पाइकर्स किङ्स;१ लाख
प्रेमप्रसाद गौतम: खप्तड फाल्कन्स ;१ लाख २० हजार 
सनोज चौधरी:  कर्णाली शिवराज; १ लाख २० हजार 
सन्तोष महता: मधेश वरियर्स; १ लाख २० हजार 
विश्वास अधिकारी: अन्नपूर्ण स्पाइकर्स किङ्स; १ लाख 
बलदेव सिंह धामी: काठमाडौं रेड्स:१ लाख 
इन्द्र विक: खप्तड फाल्कन्स; १ लाख 
भीम गाहा: सगरमाथा स्म्यासर्स; १ लाख 
रुपेन्द्र नेपाली: सगरमाथा स्म्यासर्स; १ लाख 
दिपक राज जोशी: सगरमाथा स्म्यासर्स; १ लाख 
समूह बी बाट ४ जना खेलाडी मात्रै अधिकतम मूल्यमा पुगे। जितबहादुर ढुंगेल लाई काठमाडौँ रेड्सले ७० हजारमा अनुबन्ध गर्यो। त्यस्तै पारस बोहरालाई ७० हजारमा खप्तड फाल्कन्सले अनुबन्ध गर्यो। दिप्सन शाही ७० हजारमा मधेसमा पुगे। त्यस्तै पुष्करसिंह धामी ७० हजारमा काठमाडौँ रेड्समा अनुबन्ध भए।

पहिलो सिजनको एनभीएलको अक्सन सकिँदा ६ वटा टोलीले यस्तो टिम निर्माण गरे।
१.सगरमाथा स्म्यासर्स:
प्रमुख प्रशिक्षक: उत्सव खड्का 
मार्की खेलाडी: हरिहजुर थापा
अक्सनमा अनुबन्ध भएका खेलाडीहरू: 
सुवास कुँवर, भीम गाहा, रुपेन्द्र नेपाली, दिपक राज जोशी, 
सन्जोग परियार,रेशम छन्त्याल र रमेश बम

२.काठ्माडौं रेड्स:
प्रमुख प्रशिक्षक:  निर्प विक
मार्की खेलाडी :सुनिल बोहरा 
अक्सनमा अनुबन्ध भएका खेलाडीहरू: 
सन्तोष राई, सन्तोष बिक, चिरन खड्का, बलदेव सिंह धामी ,पुस्कर सिंह धामी, जित ढुङ्गेल र दिपेश कुँवर 

३. अन्नपूर्ण स्पाइकर्स किङ्स 
प्रमुख प्रशिक्षक: रमेश केसी 
मार्की खेलाडी: हिमाल सुनारी
अक्सनमा अनुबन्ध भएका खेलाडीहरू 
राजेन्द्र धामी। सुरेन्द्र खत्री रवि केसी विश्वास अधिकारी, विवस आले मगर, जित बहादुर ढुंगेल र देव बहादुर राना

४. कर्णाली शिवराज
प्रमुख प्रशिक्षक: चन्द्र कुँवर 
मार्की खेलाडी :पहल गहतराज 
अक्सनमा अनुबन्ध भएका खेलाडीहरू:
निर्पध्वज बस्नेत, विनोद चन्द,  सुरज चुनारा, सनोज चौधरी,बलराम गुरुङ, सन्दीप लोहार र सुनिल ठगुल्ला

५. मधेस वारियर्स 
प्रमुख प्रशिक्षक: भरत यादव 
मार्की खेलाडी: रबिन नगरकोटी
अक्सनमा अनुबन्ध भएका खेलाडीहरू 
राजन दर्लामी, धनबहादुर भट्ट, राम विनय यादव, सन्तोष महता, सन्जु विक्रम शाह, रवीन रसाइली र विप्सन शाही

६. खप्तड फालकन्स्‌

प्रमुख प्रशिक्षक :रुपेश बिष्ट 
मार्की खेलाडी: धीरजकाजी बस्नेत
अक्सनमा अनुबन्ध भएका खेलाडीहरू: 
सरोज बर्देवा,विपश थापा, प्रेम प्रसाद गौतम,इन्द्र विक, नवराज मगर, नवराज धामी र पारस बोहरा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.