रेनुलाई वाइल्ड कार्ड
काठमाडौं : पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची/नागोया सहरमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने भएकी छन्।
वाइल्ड कार्ड पाउँदै रेनुको एसियाली पारा खेलकुदमा सहभागिता निश्चित भएको नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जानकारी दिए।
रेनु हाल विश्व वरीयतामा २६औं तथा एसियाली वरीयतामा १ औं स्थानमा रहेको पारा तेक्वान्दो प्रशिक्षकसमेत रहेका नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कविराज नेगी लामाले जानकारी दिए।
गत मंसिरमा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भएको एसियन युथ गेम्समा रेनुले के–४४ क्याटागोरीअन्तर्गत महिला ४७ केजीमुनिको तौल समूहमा कांस्य पदक जितेकी थिइन्। रेनुले मलेसियामा भएको १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसि–२०२५ तथा मंगोलियामा भएको ११औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा सहभागिता जनाएकी थिइन्।
रेनुसँगै कार्तिक १ देखि ७ गतेसम्म जापानमा हुने एसियाली पारा खेलकुदको पारा तेक्वान्दोमा हालसम्म दुई खेलाडीको सहभागिता पक्का भएको छ। यसअघि पलेसा गोवद्र्धन वरीयताका आधारमा छनोट भइसकेकी छन्।
प्रतिक्रिया दिनुहोस !