छठपर्व विधिवत रुपमा सुरू, आज 'नहाय-खाय'

छठपर्व विधिवत रुपमा सुरू, आज 'नहाय-खाय'
विराटनगरमा आज विभिन्न व्यक्तिलाई छठ पर्वको सामग्री वितरण गरिँदै ।   तस्बिर : जितेन्द्रनारायण ठाकुर

विराटनगर  : मिथिलाबासीको साझा पर्वको रुपमा स्थापित भएको छठ पर्वको रौनकता तराई मधेशमा सर्वत्र छाएको छ । आजदेखि विधिवत रुपमा छठ पर्व तराई मधेशमा सुरु भएको हो  । पर्वको प्रारम्भ ब्र्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् 

आइतबार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै सुरु हुने छठ पर्व सोमबार सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिएर  विधिवतरुपमा समापन हुनेछ । 

उदाउँदो सूर्यलाई अर्घ दिँदै  चार दिनसम्म मनाउने छठ पर्वको सोमबार समापन हुनेछ ।  कार्तिक शुल्कपक्ष चतुर्थी तिथिदेखि सुरु भएको छठ पर्व सप्तमी तीथिमा उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवत रुपमा समापन हुनेगर्छ।

शारीरिक कष्ट हरण,चर्मरोगको निवारण तथा दरिद्रपन नष्ट र पुत्र प्राप्ति लागि भगवान सूर्यको पूजा आराधनास्वरुप छठ पर्व मनाउने परम्परा मिथिला अञ्चलमा रहेको छ ।

कार्तिक र चैत्र गरी वर्षको दुईपटक छठ पर्व मनाइने गरिन्छ।  कार्तिकमा मनाइने छठ पर्वमा  हिन्दु धर्मालम्बीहरुले  प्रार्थना वा आराधानको निम्ति गर्छन् भने चैत्रे छठमा कार्तिक महिना गरिएको आराधना पूरा हुने जनविश्वास रहेकाले चैते छठको बर्सेनि रौनकता बढ्दै गएको हो । 

चैत्रे छठमा गरिने आराधनाले एक महिनाभित्र सोचेको कुरा पूरा हुने जनविश्वास  रहेको  पण्डित मृतुञ्जय झाले बताए । सत्य,अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने मिथिलाबासीको महत्वपूर्ण पर्वको रुपमा स्थापित हुँदै आएको छठ पर्व चैत्र शुल्क पक्षको चौथी तिथिदेखि नै आरम्भ हुन्छ ।

सप्तमी तिथिको उदाउँदौ सूर्यलाई अर्घ दिई समापन हुने यो पर्वमा पहिलो दिन चतुर्थी तिथिमा ‘अरबा–अरबाइन’ वा नुहाइ खान भन्ने गरिन्छ। पहिलो दिन ब्रतालुहरुले  खोला,नाला,नदी,पोखरी वा जलासयमा गई स्नान गरेर पवित्र भइ  चोखो खाना खाने गर्छन् । ब्रतालुहरुले पहिलो दिनदेखि नै माछामासु,लसुन,प्याज र कोदो नखाइ अरवा वा सादा नुन विनाको खाना खाने प्रचलन रहिआएको छ ।

पञ्चमी तिथिको दिन  ‘खरना’ गरिन्छ। ‘ खरना‘ अस्ताउँदै सूर्यलाई अर्घ  दिनुभन्दा अघिलो दिन गर्ने भएकाले ‘खरना‘को दिन ब्रतालुहरु ब्रत लिने गरिन्छ । सोही दिन साँझपख नुहाएर पवित्र (चोखो)भई आपनो  कूल देवता स्थापना गरेको पूजा घरमा नयाँ चुल्हो स्थापना गरी प्रसादको लागि  खिर बनाउछन्। प्रसादको रुपमा  पाकेको केरा र खिरलाई उतम मानिन्छ ।

षष्ठीको तिथिमा ओखलमा कुटिएको गहुको पिठोबाट बनेको ठकुवासहितका मिष्टान परिकार र पिठोबाट विभिन्न खाद्यसामग्री बनाइन्छ । छठ पूजाका लागी बनाउने सम्रगी अपवित्र भए अनिष्ट हुने जनविश्वास रहेकाले साम्रगी बनाउँदा अति नै चनाखो हुनुपर्ने प. महेन्द्रनारायण ठाकुरले बताए ।

पूजा सामग्री बनाउँदा महिलाले मंगल गीत गाउने गर्छन् ।  ब्रतालुहरुले  तेस्रो दिन सन्ध्याकालीन  अस्ताउन लागेको सूर्यलाई अर्घ दिनका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् ।अर्घ दिने बेलामा ब्रतालुको  दुवै हाथमा ‘पिठार’ र सिन्दुर लगाएर अक्षत र फूल हालेर  अन्य आराधनको निम्ति ल्याइएका साम्रग्री आलोपालो गरी सूर्यलाई अर्पण गरिन्छ । 

चौथो दिन अर्थात् सप्तमी तिथिको दिन उस्ताउँदै सूर्यलाई विधिपूर्वक अर्घ दिई  छठ ब्रतको कथा सबै श्रद्धालुहरुलाई सुनाएर छठको समापन गरिन्छ।  विराट राजाको क्षेत्रमा द्रोपतीसहित पाण्डवहरु अज्ञातवास वा गुप्तवास रहँदा सफल हुनका लागि सूर्यदेवलाई आराधना गरेदेखि  छठपर्व मनाउन थालिएको कुरा महाभारतमा उल्लेख छ।

छठ पर्वको  पछाडि धार्मिकसँगै  वैज्ञानिक मान्यता समेत रहेको पाइन्छ। यसैबीच विराटनगरमा शुक्रबार विपन्न परिवारलाई छठ पूजाका सामग्री वितरण गरेको छ । समाजसेवी सन्तोष कुमार साहका अनुसार करिब २ हजार बराबरको पूजा सामग्री र साडी दुई सय परिवारलाई वितरण गरेको हो  ।  



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.