सगरमाथाको फेदीमा आँखा क्लिनिक सञ्चालन
सोलुखुम्बु : सगरमाथाको फेदी खुन्देमा आँखा क्लिनिक सञ्चालनमा आएको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिकाले वडा नम्बर ४ खुन्दे अस्पतालमा आँखा क्लिनिक सञ्चालनमा ल्याएको हो।
३ हजार ८ सय मिटरको उचाइमा सञ्चालन गरिएको सो क्लिनिकबाट अप्रेसन बाहेकका सबै सेवा प्रवाह हुने जनाइएको छ। हिमाली क्षेत्रमा काम गर्ने व्यक्ति तथा पर्यटकहरूमा आँखाको समस्या देखा पर्दा उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता छ।
क्लिनिकमा एक जना आँखा स्वास्थ्य कार्यकर्तासहितका कर्मचारी हुने छन्। खुन्देमा करिब ६५ वर्षअघि स्थापना भएको खुन्दु अस्पतालमा गत जेठ १५ गते पहिलो पटक दन्त सेवा सञ्चालन गरिएको थियो।
खुन्देमा सञ्चालन गरिएको उक्त आँखा क्लिनिक नेपालकै उच्च स्थानको आँखा क्लिनिक समेत भएको दाबी गरिएको छ ।