फोटोफिचर

धनगढीको आगलागीमा झण्डै १३ करोडको क्षति

धनगढीको आगलागीमा झण्डै १३ करोडको क्षति

धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीमा शनिबार बिहान भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार आज बिहान १ बजेतिर धनगढीको मुख्य बजारमा रहेको सारथी अस्पताल र त्यससँगै जोडिएका अरु ७ वटा पसलको गोदाममा आगलागी भएको हो। 

भण्डारी सुज सेन्टरको गोदामबाट सल्किएको आगो अरु पसलका गोदाम हुँदै सँगै जोडिएको सारथी अस्पतालसम्म पुगेको थियो। आगलागीबाट सारथी अस्पताल पूरै जलेको छ। स्वास्थ्य उपकरणहरु, अस्पतालको फर्निचर, फार्मेसीमा राखिएका औषधी र अरु उपकरणहरु जलेका हुन्। 
सारथी अस्पतालका सञ्चालक बेद प्रकाश जोशीले अस्पतालमा झण्डै साढे ५ करोडको क्षति भएको बताए। ‘महंगा महंगा उपकरणहरु जलेका छन्। केही सामान बाहिर निकाले पनि हतारमा तारहरु चुडालेर निकाल्दा काम नलाग्ने भएका छन। अस्पतालमा साढे ५ करोडको क्षति अनुमान गरिएको छ’ सञ्चालक जोशीले भने।null

उनले अस्पतालको भवनसँगै जोडिएको भण्डारी सुज सेन्टरको गोदामबाट आगो सल्किएको बताए। ‘गोदाममा जुत्ता चप्पल थिए। सबै प्लास्टिकका सामान भएकाले आगो नियन्त्रणमा लिन गाह्रो भयो’ जोशीले भने। अस्पतालको आईसीयु र अरु जनरल वार्डमा रहेका ५ जना बिरामीलाई भने आगलागी भएपनि नजिकै रहेको सेती प्रादेशीक अस्पतालमा सारिएको थियो।null

सेती प्रादेशिक अस्पताल र सारथी अस्पतालको दुरी झण्डै सय/डेढ सय मिटरको रहेको छ। नजिकै भीषण आगलागी भएपनि सेती प्रादेशीक अस्पतालको ईमरजैन्सी वार्डमा भर्ना भएका बिरामी पनि अन्यत्र सारिएका थिए। सारथी अस्पताल पछि बढी क्षेत्री भण्डारी सुज सेन्टरको गोदाममा भएको छ। गोदाममा रहेका झण्डै साडे ४ करोडका जुत्ता चप्पल जलेर खरानी भएको सञ्चालन दल बहादुर भण्डारीले बताए।

‘दशैं तिहारका बेला भएकाले सामान धेरै मगाइएको थियो। होलसेलमा जाने सामानको गोदाम पनि त्यही हो। तार सर्ट भएर आगलागी भएको अनुमान गरेका छौं’ भण्डारीले भने।

 यस्तै आगलागीबाट गोदामसँगै जोडिएका मधुमाला बेबी सोप, भट्ट सपिङ सेन्टर, न्यु सदीक्षा बेबी सप र भट्ट ट्रेडर्सको दोगाममा पनि क्षति भएको छ। नेपाल प्रहरीको मुचुल्का टोली अहिले घटनास्थलमा छ।

प्रहरीले क्षतिको पूर्ण विवरण तयार गर्दैछ। तर प्रारम्भिक रुपमा करिब १७ करोड  ९७ लाख २० हजार रुपैयाँ बराबरको क्षतिको अनुमान गरिएको छ। सारथी अस्पताल, खाद्य संस्थानको पुरानो गोदाम भाडामा लिएर सञ्चालनमा थियो। भवनको क्षतिबाहेक मात्रै १३ करोडको क्षति भएको बताइएको  छ।

राति १ बजेतिर आगलागी भएकाले बढी क्षति भएको हो। गोदाममा आगो दन्किएपछि मात्रै अस्पतालका कर्मचारीहरुले थाहा पाएका थिए। त्यसपछि उपमहानरको प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको करिब २ सय जनाको टोली आएर आगो निभाएको थियो। 

आगो निभाउन धनगढी उपमहानगरका दुई वटा, पुर्नबास नगरपालिका र गोदावरी नगरपालिकाका एक/एक गरी ४ वटा दमकल प्रयोग भएका थिए। nullnullnullnull
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.