मेची नदीमा सँगै मनाए नेपाल र भारतका व्रतालुले छठ

मेची नदीमा सँगै मनाए नेपाल र भारतका व्रतालुले छठ
सुन्नुहोस्

झापा : सीमा नाका भएर बग्ने मेची नदी किनारमा नेपाल र भारतका व्रतालुले सँगै छठ पूजा मनाएका छन्। 

झापाको भद्रपुर नगरपालिका-५ स्थित मेची नदीको पश्चिम पट्टी नेपाली समुदाय र पूर्वपट्टी भारतीय समुदायका व्रतालुले आइतबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउँदै हर्सोउल्लासका साथ छठ पूजा मनाएका हुन्। 

नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्यद्वार हुँदै देवी बस्ती सम्मको करिब डेढ किलोमिटर वारिपारि करिब ५ हजार बढी पूजास्थल (घाट)मा व्रतालु तथा श्रद्धालु भक्तजनले पानीमा ओर्लिएर सूर्य भगवानको पूजा आराधना गरी अर्घ्य चढाएका थिए। 

नदी किनारमा मैथिल समाज भद्रपुरले अस्थायी रुपमा सूर्य भगवानको मुर्ति राखेर पूजा आराधना गरेका थिए, भने युनिक समूहले स्थानीय रुपमा बनाएको सूर्य मन्दिरमा विशेष पूजा आराधना गरेका थिए। 

मधेसी समुदाय बाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशी, लगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदा हजारौँ भक्तजनहरूको घुइँचो लागेको थियो। 

मेची नदीमा छठ हेर्न देशका विभिन्न जिल्ला लगायत भारतबाट पनि हजारौँ भक्तजन आएको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए। 

मेची किनारमा व्रतालु तथा भक्तजनहरूको शान्ति सुरक्षाका लागि सशस्त्र, नेपाली प्रहरी र ट्राफिक प्रहरी करिब दुई जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

जिल्लाको मेचीसहित निन्दा, हडिया, विरीङ, रतुवा, अदुवा, देउनियाँ कनकाई लगायतको नदी किनारहरूमा व्रतालु तथा भक्तजनहरूको घुइँचो लागेको थियो। भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिँदै छठ पर्व विधिवत् रुपमा समापन हुनेछ।

nullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.