साउदीमा मनाइयो तिहार
साउदी अरेबिया : साउदीमा तिहार धुमधामका साथ मनाइएको छ। साउदीस्थित सिर्जना संस्कृति समूहले साउदीमा कार्यरत नेपालीहरूलाई मध्यनजर गरेर रियाद शहरमा
नेपाली कला संस्कृतिलाई जोगाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा साउदीस्थित नेपाली राजदूत प्रवासमा नेपालीहरूलाई एकजुट गराएर नेपाली संस्कृति र पर्वको संरक्षण र पहिचान गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे।
संस्थाका सल्लाहकार दीपक रेग्मीका अनुसार नेपालीहरूको महान चाड तिहारलाई मध्यनजर गर्दै प्रवासमा रहेर पनि आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्नुपर्ने र संस्थाका मुख्य उद्देश्य प्रवासमा रहेका नेपालीभित्र लुकेका गला र कलालाई प्रोत्साहन गर्न यो कार्यक्रमको आयोजना गरिएको बताए।
प्रवासमा दाजुभाइ तथा दिदी बहिनीहरू नभएकाले आफ्नै दिदीबहिनी र दाजुभाइ बनाएर टीका लगाइदिए भने आफ्नै माइती नहुनेले आफ्ना नजिकका नातेदार वा साथीका छोराछोरीबाट टीका थापेर तिहार मनाएका थिए।
कार्यक्रममा स्थानीय कलाकारहरूले प्रस्तुति दिएका थिए। शुक्रबार दमाम लगायत जेद्दा शहरमा पनि मौलिकता झल्काउने तरिकाले भाइटीका सम्पन्न गरिएको छ।