कालीगण्डकी र रिडी खोलामा तटबन्ध निर्माण हुँदै

कालीगण्डकी र रिडी खोलामा तटबन्ध निर्माण हुँदै
सुन्नुहोस्

तानसेन : नेपालको चार धामका रूपमा परिचित रुरु क्षेत्रमा तटबन्ध निर्माण सुरु भएको छ। कालीगण्डकी र रिडी खोला नियन्त्रणका लागि तटबन्ध निर्माणको काम भइरहेको छ। 

रुरु क्षेत्रलाई नेपालकै प्रमुख तीर्थस्थलका रूपमा विकास गर्न लुम्बिनी प्रदेश सरकारले रुरु क्षेत्र गुरु योजना निर्माण गरी पहिलो चरणको काम हुँदै छ। 

लुम्बिनी प्रदेश सरकारले २०७६ सालमा गुरु योजना निर्माण गरी पहिलो चरणमा रिडी खोला र कालीगण्डकी  नदीमा तटबन्ध निर्माणको काम सुरु गरेको थियो। रुरु क्षेत्र गुरुयोजना कार्यान्वयनका लागि ३ अर्ब बजेट लाग्ने उल्लेख गरिएको भए पनि पहिलो चरण तटबन्ध निर्माणको काम भइरहेको छ। यस वर्ष काम सम्पन्न गर्नका लागि पाल्पा, गुल्मी र स्याङ्जावासी सक्रिय भएर लागेका रुरु गाउँपालिका-१ का वडाध्यक्ष नवराज विकले बताए। 

तटबन्ध गरेपछि गुल्मीतर्फ रडि बजार र पाल्पातर्फ ऋषि केशव मन्दिर तर्फको भूभाग सुरक्षित हुने छ। तटबन्धबाट करिब २ सय रोपनी जग्गा सुरक्षित हुनेछ। गुरुयोजनाको दोस्रो चरणमा दुवैतर्फ व्यवस्थित शवदहन स्थल, स्नान कक्ष, ऋषिकेशव मन्दिर क्षेत्रमा जग्गा अधिग्रहण गर्ने, नदी किनारमा विश्राम स्थल, भजन किर्तन गृह, धर्मशाला, मठ मन्दिरहरू निर्माण गर्ने कार्यक्रम रहेको छ। 

तेस्रो चरणमा कालीगण्डकी नदीमा ड्याम बाधेर ताल निर्माण गर्ने र नियमित रूपमा डुंगा सञ्चालन गर्ने योजना रहेको रुरु गायत्री मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले बताए। ३० महिनामा सक्ने गरी २०७७ जेठ ११ गते श्री शर्मा सगुन जेभीबुटवलले ३४ करोड २० लाख ६० हजार ६ सय ४४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

तर, हालसम्म ५० प्रतिशत भौतिक प्रगति र ४० प्रतिशत वित्तीय प्रगति भएको छ। हाल तटबन्धको लागत बढेर ५७ करोड ५६ लाख ५४ हजार पुगेको छ। गत कात्तिक ७ गते म्याद सकिएको थियो। 

वर्षाको कारण काम गर्न कठिन भएको भन्दै आउँदो असार मसान्तसम्मको म्याद थप गरिएको लुम्बिनी प्रदेश खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख आविद हुसेन मिया ठकुराइले बताए। कोरोना, वर्षा तथा बजेट अभावका कारण समयमा नै काम नसकिएपछि लागत दोब्बर भएको छ। यो लुम्बिनी प्रदेश सरकारको गौरवको योजना हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.