मुस्ताङमा एक महिनामा भित्रिए ७९ हजार पर्यटक
![मुस्ताङमा एक महिनामा भित्रिए ७९ हजार पर्यटक](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_yq4p8aOYHO_y2AkbMs55W.jpg)
जोमसोम : मुस्ताङमा एक महिनामा ७९ हजारभन्दा बढी पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार कात्तिक महिनामा ७९ हजार ३७३ जना पर्यटक मुस्ताङ भित्रिएका हुन्। जसमध्ये आन्तरिक पर्यटक ७३ हजार ८७९ र बाह्य पर्यटक ५ हजार ५०४ जना रहेका छन्।
मुस्ताङमा असोजदेखि मंसिरसम्म र फागुनदेखि जेठ महिनासम्म पर्यटकीय सिजन मानिन्छ। मुस्ताङ आएका पर्यटकले कोरला नाका, लोमान्थाङ दरबार, ढुम्बाताल र मार्फा गाउँको अवलोकन गरी फर्किने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)