प्रहरी हवल्दार सप्तराज राई मृत फेला

प्रहरी हवल्दार सप्तराज राई मृत फेला
सुन्नुहोस्

झापा : नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार सप्तराज राई मृत फेला परेका छन्। झापाको हल्दिबारी गाउँपालिका- ५ स्थित त्रिवेणी टोल निवासी ४२ वर्षीय प्रहरी हवल्दार राई आफ्नै घरमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

इलाका प्रहरी कार्यालय डोरिया मोरङ दरबन्दी भई हाल अस्थायी प्रहरी चौकी डाम्राभिट्टामा कार्यरत राई बिदा लिएर सोमबार साँझ घर फर्किएका थिए। प्रहरीका अनुसार घर आएका उनले अत्याधिक मदिरा सेवन गरी राति परिवारसँग झै-झगडा गरेको छिमेकीले बताएका छन्।

श्रीमती र छोरीहरूसँग झगडाका गरेकै राती उनी आफ्नो सुत्ने कोठामा फलामको बलोमा खादा (कपडा)को पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। आज बिहान श्रीमतीले श्रीमान् झुन्डिएको अवस्थामा देखेपछि तत्काल छरछिमेकलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा प्रहरी टोलीले पुगेका थिए। 

मृतक राईका श्रीमती, १५, १२ र ४ वर्षका तीन जना छोरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। यता प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.