युनिलिभरद्वारा १ करोडको चेक
![युनिलिभरद्वारा १ करोडको चेक](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_XNdLklEnfd_RdUILIWPqf.jpg)
काठमाडौं: युनिलिभर नेपालले भूकम्पपीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनालाई साथ दिन ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा एक करोड रुपैयाँ योगदान गरेको छ।
कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेका हुन्। युनिलिभरले कात्तिक १७ गते शुक्रबार राति गएको जाजरकोट र रुकुम जिल्लाका भूकम्प प्रभावितलाई पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुपलगायत राहत सामग्री यसअघि नै सहयोग गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)