नेपाल यमनसँग २-० गोलले पराजित

काठमाडौं : सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपाल यमनसँग २-० गोलले पराजित भएको हो।
ओमार अब्दुल्लाह अल दाहीले ७२औं र ९०औं मिनेटमा गोल गर्दै यमनलाई विजयी बनाएका थिए। नेपाल यसअघि युएईसँग ४-० गोलले पराजित भएको थियो।
तस्बिर : सुनिता डंगोल/अभिषेक महर्जन
प्रतिक्रिया दिनुहोस !
