श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि श्रीमानले गरे आत्महत्या

श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि श्रीमानले गरे आत्महत्या
सुन्नुहोस्

झापा : श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि श्रीमानले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्। झापाको साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–१ चमेली बस्ती निवासी ३६ वर्षीय सुभाष लिम्बुले आफ्नै श्रीमती ३५ वर्षीया जुनिता लिम्बुलाई कुटपिट गरी हत्या गरेका छन्। 

श्रीमतीको हत्यापछि सुभाषले श्रीमतीको फोटो र सुसाइड नोट लेखेर घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको  जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। घटना आज  बिहानको हो। श्रीमतीको फोटो र सुसाइड नोट सुभाष झुन्डिएकै ठाउँमा फेला परेको छ। 

स्थानीयले आज बिहान सुभाष रुखमा झुन्डिएको देखेपछि तत्काल सीमा प्रहरी चौकी पृथ्वीनगरलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी टोली पुग्दा सुभाषसँगै उनको श्रीमती जुनिता घरभित्र मृत अवस्थामा फेला परेको डीएसपी रिजालले बताए। 

घटनाको प्रारम्भिक प्रहरी अनुसन्धान अनुसार श्रीमान्–श्रीमतीबीच गएराति घरायसी झगडासँगै कुटपिट समेत भएको थियो। ‘सुभाषको दाजुले गएराति १२ बजेसम्म उनीहरूको झगडा मिलाएर घर फर्किएका थिए।’ 

त्यसपछि पुनः उनीहरुबीच झगडा भएको रहेछ, डीएसपी रिजालले भने, ‘झगडाकै निहुँमा श्रीमानले आवेश आएर श्रीमतीको हत्या गरेको देखिन्छ।’ श्रीमानको कुटपिटबाटै श्रीमतीको मृत्यु भएको उनको भनाई छ। 

उनीहरूको तीन जना छोराछोरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीसहितको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइसकेको जनाइएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.