झापा लिग सुरु, उद्घाटन खेलमा हल्दिबारी र बिर्तामोडले अंक बाँडे

झापा लिग सुरु, उद्घाटन खेलमा हल्दिबारी र बिर्तामोडले अंक बाँडे

झापा : मेची रंगशाला भद्रपुरमा आजदेखि प्रथम झापा लिग फुटबल प्रतियोगिता सुरु भएको छ। अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले अंक बाँडेका छन्।

भद्रपुर झापा गोल्डकपको आयोजनामा आज भएको उद्घाटन खेलको सुरुवाती अग्रता हल्दिबारीले लिए पनि खेल बराबरी हुन पुग्यो। २–२ गोलको बराबरी भएपछि हल्दिबारी र बिर्तामोडको एक एक अंक भएको छ।

खेलको २८ औँ मिनेटमा हल्दिबारीका हिरण राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, ३१ औँ मिनेटमा बिर्तामोडका सुजनविक्रम लिम्बूले गोल फर्काएका थिए।

त्यस्तै, खेलको ६२ औँ मिनेटमा बिर्तामोडका रोमन भुजेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, खेलको ७६ औँ मिनेटमा हल्दिबारीका कप्तान विकास जवेगूले गोल फर्काएपछि खेल बराबरी भएको थियो।

आजको खेलको प्लेयर अफ दि म्याच हल्दिबारीका हिरण राजवंशी भए। उनलाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी र सौजन्यकर्ता तीर्थराज ढकालले नगद दुई हजार र ट्रफी प्रदान गरे। 

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगसितको उद्घाटन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए। कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल र मुख्य प्रायोजक ओम साई पाथीभरा हस्पिटलका अध्यक्ष दीपक पोखरेलले शुभकामना मन्तव्य राखेका थिए। 

प्रतियोगितामा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। 

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन्।

त्यस्तै, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन्। प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.