मुलुकलाई लुट्ने छुट कसैलाई छैन : नेता भण्डारी
गुल्मी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले मुलुकलाई लुट्ने छुट कसैलाई नभएको बताएका छन्।
गुल्मी कांग्रेसको दोस्रो सम्मेलनमा सम्बोधन गर्न गृह जिल्ला आएका नेता भण्डारीले पछिल्लो समय देशमा राजा, धर्म, संघीयता र प्रदेशका विषयमा आवाज उठिरहेको बताए।
नेपाली जनताका समस्या समाधान गर्नुको साटो नेताहरू पार्टीको गुट उपगुट बनाउँदै हिँडेको आरोप लगाउँदै नेता भण्डारीले नेपाली जनतालाई रुवाएर मुलुकलाई भष्ट्राचारको बाटोमा धकेल्ने नमिल्ने बताए।
नेपाली राजनीतिमा ठूला दल र नेताले पार्टीको गुट छाडेर देशको विकास गर्नुपर्नेमा भण्डारीले जोड दिए। उनले गुल्मीमा रेसुंगा विमानस्थल निर्माण, सालझण्डीको सडक निर्माणको काम तीव्र, थप जिल्लाको विकासमा आफू अहोरात्र खटेर लागेको उनले बताए।
भण्डारीले देशको विकासमा भ्रष्टाचार प्रमुख बाधक रहेको बताए।