संकल्प यात्राका लागि एमालेले किन रोज्यो बैतडीको झुलाघाट?

संकल्प यात्राका लागि एमालेले किन रोज्यो बैतडीको झुलाघाट?
सुन्नुहोस्

बैतडी : नेकपा एमालेले मंसिर १४ गतेदेखि झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा गर्दैछ। उक्त संकल्पयात्रा कार्यक्रमको कार्ययोजना बुधबार बसेको केन्द्रीय कमिटी बैठकले पारित गरिसकेको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गते बिहान ८ बजे झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर संकल्प यात्राको उद्घाटन गर्नेछन्। ओलीको नेतृत्वमा सञ्चालन हुने अभियान ३ हप्तासम्म चल्ने छ।

यस यात्रामा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरू पनि टोलीमा सहभागी हुनेछन्। बैतडीको झुलाघाटबाट सुरु हुने यो अभियान पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरूसहित समापन हुने छ।

  
मध्यपहाडी लोकमार्गको पश्चिमको अन्तिम बिन्दु रहेको बैतडीको झुलाघाटबाट गरिन लागिएको संकल्प यात्राको महाअभियानलाई महत्वकासाथ हेरिएको छ। बैतडीमा पनि तयारी तीब्र पारिएको छ। संकल्प यात्राको व्यवस्थापनको लागि गठन गरिएका विषयगत समितिका प्रतिनिधिहरू अभियान केन्द्रित खटिएका छन्। 

संकल्प यात्राका लागि एमालेले बैतडीको झुलाघाट किन रोज्यो?
नेकपा एमालेले संकल्प यात्राको केन्द्रबिन्दु बैतडीको झुलाघाटलाई रोजेको छ। बैतडीको झुलाघाटबाटै समृद्धिको विगुल फुकिने एमालेले जनाएको छ। देशको अधिकांश भूभाग ओगटेको मध्यपहाडी क्षेत्र रहेको र यसको सुरुवाती बिन्दु झुलाघाट नै रहेकाले यसले थुप्रै सम्भावनालाई पहिल्याउने एमालेको दाबी छ। 

जलस्रोतको भण्डार, जैविक विविधताको खानी र बढी जनसंख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै भएकाले समृद्धिको आधार नै मध्यपहाडी क्षेत्रमा रहेको संकेत गर्ने एमालेका निवर्तमान सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले बताए। समृद्धिको बलियो आधार नै पहाडी क्षेत्रमा रहेकाले एमालेले संकल्प यात्रा पहाड केन्द्रित गरेको भण्डारीले बताए।
 
पुष्पलाल अर्थात् मध्यपाडी लोकमार्ग देशको मेरुदण्ड रहेको बताउँदै एमाले केन्द्रीय सदस्य लीलाधर भट्टले यो लोकमार्गसँग देशेको आर्थिक, सामाजिक, सांस्कृतिक महत्व झल्किने जनाए। मध्यपहाडी लोकमार्गको आसपासमा बसाईसराई लगायतका समस्याहरू बढेकाले यहाँका समस्या नजिकबाट बुझ्न सकिने रराजनीतिक चेतनाको विकास हुने भट्टले बताए। 

बैतडीबाट सुरु हुन गइरहेको यो संकल्प यात्राले देशमा नै नयाँ सन्देश प्रवाह गर्ने एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले बताए। यसका लागि जिल्ला कमिटी र प्रदेश कमिटीले नै तयारी धुमधामका साथ भइरहेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.