झापामा छोराले गरे बाबुको हत्या

झापामा छोराले गरे बाबुको हत्या
सांकेतिक तस्बिर।
सुन्नुहोस्

झापा : झापामा छोराले आफ्नै बुबाको हत्या गरेका छन्। कमल गाउँपालिका-४ निवासी अन्दाजी ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा अन्दाजी २३ वर्षीय आशीष तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

हत्याको कारण नखुले पनि घरायसी विवादपछि घटना घटेको हुन सक्ने प्रहरीको अनुमान छ। बुबाको हत्यापछि फरार रहेका आशीषलाई प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले कमल ४ दूध डेरी भन्ने स्थानबाट पक्राउ गरेको हो। 

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइसकेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.