सख्खर बनाउने चटारो

सख्खर बनाउने चटारो
सुन्नुहोस्

जनकपुरधाम : समयमै उखुको भुक्तानी र चलानी पुर्जी नपाउँदा महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन लागि परेका छन्। हिजोआज उखुबाट सख्खर बनाई बिक्री गर्न किसानलाई भ्याइनभ्याइ छ। 

स्थानीय जातको उखुबाट घरेलु प्रविधिमा बनाइने सख्खरको बढ्दो लोकप्रियताले स्थानीयलाई माग धान्न मुस्किल पर्ने गरेको महोत्तरी गौशाला नगरपालिका–४ सुर्तीविकास चोकका मीठा उत्पादक उपेन्द्र साह बताउँछन्। उनका अनुसार पछिल्ला वर्षहरूमा किसानहरू मिठा बनाउन आकर्षित भएका छन्। छठ पर्वको एक महिना अगावैदेखि बजारमा मिठ्ठाको माग र भाउ बढ्ने गर्छ।

छठमा मिठा (सख्खर) बाट बनाइएको परिकार मात्र प्रसादको रूपमा चढाइने भएकाले त्यसबेला माग बढ्ने गरेको हो। गौशाला नगरपालिका–११ कालीपुरका किसान लक्ष्मी महतोले भने, ‘कात्तिक र मंसिरमा उखु काटेर थप एउटा बाली उब्जाउने र मिठाले समेत राम्रो मूल्य पाउने भएपछि उत्पादन गरी बिक्री गर्न उखु किसानलाई भ्याइनभ्याइ हुन्छ। उखु उत्पादन गरेर काट्ने बेलामा चिनी मिलले न उखु काट्ने पुर्जी दिन्छ, न त समयमै उखुको भुक्तानी दिन्छ, त्यही भएर उखुबाट सख्खर बनाएर बेच्न थालेको छु।’ 

महोत्तरीको गौशाला, बर्दिबास, भंगाहा, औरही, सोनमासहितका क्षेत्रमा अहिले घर–घरै तुर्पिन (उखु पेल्ने उपकरण) चलिरहेका भेटिन्छन्। अन्य दिनमा पनि मिठाको माग हुन्छ, तर छठमा मिठाको माग धेरै हुन्छ। तत्काल बिक्री गरी सुलभ रूपमा नगद बिक्री हुँदा उखु पेल्न थालिएको हो। गौशाला नगरपालिका–४ का किसान देवनारायण साहले भने, ‘चिनी मिलको ठेगानै हुँदैन, समयमा भुक्तानी दिँदैनन्, त्यसैले अन्य भौतारिनुभन्दा त नगद र सरल सुलभताका लागि धमाधम उखु पेल्दै छौं।’ 

महोत्तरीको सबैभन्दा बढी उखु उत्पादन हुने गौशालामा समेत उखु धमाधम पेल्न सुरु भएको छ। अहिले १ क्विन्टल सख्खर बनाउन झन्डै ८ देखि १० क्विन्टल उखु चाहिन्छ। यसरी उखुको जातअनुसार उखुको तौलमा घटबढ हुने तथा उखु कलिलो भएका कारण बढी उखु लाग्ने गरेको सख्खर कारिगर मो. जुमराती अन्सारी बताउँछन्।

उनले भने, ‘९ क्विन्टल छिप्पिएको उखुमा एक क्विन्टल मिठा (सख्खर) तयार हुन्छ, तर अहिले उखु कलिलो भएर झन्डै १० क्विन्टलमा १ क्विन्टल मिठा तयार हुन्छ।’ सामान्य रूपमा झन्डै ६० रुपैयाँको हाराहारीमा प्रतिकिलो सख्खर बिक्री हुने गरेको महोत्तरी गौशाला–११ कालीपुरका व्यापारी अजयकुमार महतोले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.