संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिले गरे‍ एक वर्षको प्रगति विवरण सार्वजनिक

संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिले गरे‍ एक वर्षको प्रगति विवरण सार्वजनिक

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लाबाट संघीय संसद र बागमती प्रदेश सभामा निर्वाचित चार जनप्रतिनिधिले एक वर्षको उपलब्धि सार्वजनिक गरेका छन्।

गत वर्ष मंसिर ४ गतेको निर्वाचनमा जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद माधव सापकोटा, बागमती प्रदेश सभामा निर्वाचित युवराज दुलाल, सरल सहयात्री पौडेल र समानुपातिकतर्फ निर्वाचित अमृता नेपालले चौतारामा पत्रकार सम्मेलन गरी उपलब्धि एवं कार्यप्रगति सार्वजनिक गरेका हुन्।

संघीय सांसद सापकोटाले जिल्ला निर्वाचन कार्यालयबाट प्रमाणपत्र बुझेको दिन पारेर कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै निर्वाचित गराउने मतदातालाई स्मरण गरे। निर्वाचनका बेला जारी गरिएको प्रतिबद्धता अनुसार प्रगति विवरण सार्वजनिक गरिएको बताउँदै उनले संघीय संसदका ९३ बैठकमध्ये ८१ बैठकमा उपस्थित भएको उनले सुनाए। 

पूर्वाधार विकास समितिको सदस्यका रूपमा सक्रिय सहभागी रहेको स्मरण गर्दै विधेयकहरूमा संशोधन गरिएको जानकारी दिए। २०७२ को भूकम्पपछि बन्द जस्तै रहेको प्रमुख व्यापारिक तातोपानी नाका पूर्ववत् सुचारु गर्न, जुरे पहिरो प्रभावितको रकम निकासा गरी नगदै वितरण गर्न, ओरेन्ट म्याग्नेसाइटको पुनः सञ्चालन वा अन्य व्यवस्थापनको गर्न, सीमा नाकासम्म पुग्ने तातोपानी क्षेत्रको सडक स्तरोन्नति गर्न, बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरबाट बालीनाली जोगाउने उपायबारे संसदमा सरकारको ध्यानाकर्षण गराएको उनको भनाइ छ। 

काठमाडौं पूर्वका १३ जिल्लाका लागि काठमाडौंको जडिबुटीबाटै बसपार्क व्यवस्थाका लागि ध्यानाकर्षण गराएको, विपद पूर्वतयारी एवं विपद व्यवस्थापनका विषय सदनमा उठाएको उनले जानकारी दिए।

राष्ट्रिय मुद्दाका रूपमा संसदमा नेपाल–चीन सीमा क्षेत्र लिपिङको बजारीकरणबारे सरकारको ध्यानाकर्षण गराएको, युवाहरूले भोग्नु परेको पीडा, बेरोजगारी, युवाहरू रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता, नेपाल वृद्धाहरूको देश बन्ने खतरा रहेको तथ्यांकहित संसदमा युवाहरूको विषयको उठान गरेको, नियमावलीमा ढ्यापढ्यापेको समयको सट्टा आकस्मिक समयका लागि नियमावली संशोधन गर्न पहल गरेको र नियमावलीमा सोही अनुसारको व्यवस्थासहित शंसोधन भएको उनले बताए।

आधुनिक प्रविधि र एपमार्फत संसद सञ्चालन गर्न ध्यानाकर्षण एवम् एक महिनाको तलब सहयोग गर्ने प्रतिवद्धता, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक समयमै पारित गर्न विशेष ध्यानाकर्षण, संक्रमणकालीन विषयमा नेपालबाट सन्देश दिन सकिने विषय प्रस्तुत गरेको, सबैखाले विपदको पूर्व तयारीका सम्बन्धमा ध्यानाकर्षण गराएको, भुटानी शरणार्थीको मुद्दालाई स्वार्थमा जोडेर राजनीति नगर्न आग्रह गरिएको देशका संबैधानिक अंग र निकायहरू रिटायर्ड क्लबहरूजस्ता भएका विषयमा गम्भीर बन्न राज्यको ध्यानाकर्षण गराएको सापकोटाले पत्रकार भेटघाटमा स्मरण गरे।

रुग्ण उद्योगका रूपमा रहेको ओरेयन्ट म्याग्नेसाइटबारे विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिँदै सापकोटाले आफू निर्वाचन क्षेत्रका ५४ वटै वडाहरूमा कुनै न कुनै कार्यक्रम लिएर पुगेको उनले जानकारी दिए। जनतासँग सांसद कार्यक्रमको बाह्रविसेको घोरथलीबाट सुरु गरिएको उनले कार्यक्रममा बताए।

एक वर्षको उपलब्धी सार्वजनिक गर्दै बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका युवराज दुलालले जनसेवाको काम गर्ने, जनताको दुःख सुखमा जनप्रतिनिधि, सरकारबाट नीति निर्माणको काममा ध्यान दिइएको बताए। दिनेश राम्जी बहुप्राविधिक शिक्षालयको भवन निर्माण, रोकिएको चौतारा टुंडिखेलमा निर्माणाधीन रंगशाला सुचारु, चौतारा मेलम्ची सडकको स्तरोन्नति र कालोपत्रको काम अघि बढेको सुनाए। उनले निर्वाचन क्षेत्रका मुख्य योजना, मझौला योजनाहरूमा बजेट विनियोजन भई काम भइरहेको जानकारी दिए। 

निर्वाचन क्षेत्रका २४ वटै वटा समेटिने गरी पूर्वाधार विकास, विद्यालय बसजस्ता कार्य अघि बढाइएको उनले सुनाए। प्रदेशको बजेट कटौतिका बाबजुद प्रदेशका कार्यक्रमहरू एकीकृत ढंगले अघि बढाउन लागिएको उनको भनाइ छ। प्रदेश सभाले नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा पारित गरिएको विषय समेत यस अवधिको उपलब्धि रहेको दुलालले जानकारी दिए। 

बागमती प्रदेश सांसद सरल सहयात्री पौडेलले प्रदेश सभामा विपद् व्यवस्थापनका विषयमा विशेष समय लिएर सम्बोधन गरेको, रासायनिक मल अभावका कारण किसानले भोग्नु परेको समस्यामा ध्यानाकर्षण गराएकोमा दुवै विषयको सम्बोधन भएको सुनाए। उनले मूख्यमन्त्रीको उपस्थितिमा सिन्धुपाल्चोकमा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम गरिएको र एक प्रदेश निर्वाचन क्षेत्र एक प्रांगारिक मल उत्पादन केन्द्रका लागि बजेट व्यवस्थापन गरिएको बताए। 

कार्यक्रममा सांसद अमृता नेपालले बागमती प्रदेश सभामा, सम्बन्धित समितिमा र निर्वाचन क्षेत्रमा खेलेको भूमिकाको चर्चा गरिन्। उनले गृहिणी महिलाहरूको श्रमको सम्मान, श्रमको मूल्य निर्धारण आयआर्जन र सीपसँग जोड्नुपर्ने विषय उठाएको स्मरण गर्दै सो विषय कार्यान्वयन गर्न गृहिणी महिलासँग प्रदेश सरकार कार्यक्रम पारित भई कार्यान्वयनको चरणमा रहेको बताइन्। उनले संसदमा युवाका विषयलाई जोड दिइएको र काम गरिखाने वर्गका विषयमा आवाज उठाइरहने जानकारी गराइन्।

चारै जना जनप्रतिनिधिले यो अवधिमा पार्टी सम्बद्ध कार्यहरूमा सहभागी भएका विषयमा पनि जानकारी गराएका थिए। प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार भेटघाटमा नगरपालिका संघ नेपालका उपाध्यक्ष समेत रहेका चौतारा साँगाचोगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामालगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.