सुत्केरीको मृत्युपछि डाक्टरमाथि कुटपिट, आइसियूमा उपचार हुँदै

सुत्केरीको मृत्युपछि डाक्टरमाथि कुटपिट, आइसियूमा उपचार हुँदै
बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) ।
सुन्नुहोस्

बुटवल : बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) मा सुत्केरी महिलाको मृत्यु भएपछि आक्रोशित आफन्तहरुले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र बस्याललाई कुटपिट गरेका छन् ।

मंगलबार गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया भवानी रास्कोटीको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चा सकुशल जन्मिए पनि आमाको मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तहरुले छलफल चलिहरेका बेला मेसुलाई कुटपिट गरेका हुन् ।

कुटपिटपछि घाइते भएका मेसु बस्यालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनको आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

कुटपिटपछि बेहोस भएका बस्यालको टाउको र पेटमा चोट लागेको छ । आक्रोशित आफन्तहरुले अस्पतालमा तोडफोड समेत गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.