डाक्टर कुटपिटपछि आम्दा हस्पिटलमा सेवा ठप्प, घटनामा संलग्न ७ जना प्रक्राउ

डाक्टर कुटपिटपछि आम्दा हस्पिटलमा सेवा ठप्प, घटनामा संलग्न ७ जना प्रक्राउ
सुन्नुहोस्

बुटवल : सुत्केरीको मृत्युपछि आक्रोशित आफन्तहरुले डाक्टरलाई कुटपिट गरेपछि बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा बुधबार आकस्मिक बाहेकको सेवा ठप्प पारिएको छ । अस्पतालमा भर्ना भएका बिरामीहरु बाहेक नयाँ बिरामीहरुको उपचार गरिएको छैन। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र बस्याललाई छलफल चलिरहेका बेला अस्पताल परिसरमै मृतकका आफन्तहरुले कुटपिट गरेका थिए । मंगलबार गुल्मीको सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेककी ३५ वर्षीया भवानी रास्कोटीको मृत्यु भएको थियो । बच्चा सकुशल जन्मिए पनि आमाको केही समयपछि मृत्यु भएको हो । 

कुटपिटपछि घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियूमा उपचार चलिरहेको छ । नेपाल चिकित्सक संघले दोषीलाई तत्काल पक्राउ गरी कानुन अनुसार कारवाहीको माग गरेको छ । 

प्रहरीकै अगाडि कुटपिट गर्नु जघन्य अपराध भएको चिकित्सक संघले विज्ञप्ती मार्फत भनेको छ । दोषीलाई उनमूक्ति नदिन संघका महासचिव एवं आम्दा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर सन्तोष पोखरेलले बताए । 

घटनामा संलग्न सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.