प्रहरीकै मिलेमतोमा तस्करी भएको कवाड भारत पुगेपछि बन्यो डेढ अर्बको चरेस

प्रहरीकै मिलेमतोमा तस्करी भएको कवाड भारत पुगेपछि बन्यो डेढ अर्बको चरेस
चरेससहित पक्राउ परेका आरोपीहरू।

भैरहवा : रुपन्देहीको मैनिहवा नाकाबाट ठूलो परिमाणमा तस्करी भएको लागुऔषध चरेस भारतीय प्रहरीले बरामद गरेको छ। भारतीय प्रहरीको नारोक्टिस सेलसहितको टोलीले रुपन्देही मैनिहवा (भगवानपुर) नाकाबाट तस्करी भएको ८५ किलो चरेस सोनौली क्षेत्रको पिपहरियाबाट बरामद भएको भारतीय प्रहरीले जनाएको छ। बरामद चरेस ७८ करोड ४० लाख बजार मूल्य बराबरको रहेको भारतीय प्रहरीको दाबी छ। 

भारतीय प्रहरीले चरेससहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा संजय यादव, सन्तोष पासवान, दीपक मिश्रा र रामअवतार यादव छन्। उनीहरूलाई युपी५६एयु ४५०१ नम्बरको गाडीसहित पक्राउ गरिएको गोरखपुर नारोक्टिस सेलका डेपुटी एसपी अनुज कुमार सिंहले बताए। 

यादवसहितका तस्करहरूले रुपन्देहीको मैनिहवा नाकाबाट प्रहरीकै मिलोमतोमा कवाडको तस्करी भइरहेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय धकधकई, प्रहरी चौकी मैनिहवा, सशस्त्र प्रहरी पजरकट्टी, सशस्त्र प्रहरी बल डण्डा, सशस्त्र प्रहरी बल २७ नम्बर गणलगायतलाई मोटो रकम दिएर धकधकई क्षेत्रको मैनिहवा नाकाबाट कवाड तस्करी भइरहेको स्रोतको दाबी छ। 

तस्करहरुले नेपालबाट भारतमा ट्रक र ट्र्याक्टरमार्फत् कवाडको तस्करी गर्दै आएका थिए। जसको मुख्य संरक्षण रुपन्देही इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीले गरेको आरोप लागेको छ।

प्रहरीलाई कवाड तस्करीको लाइन दिएर तस्करहरूले कवाडको आडमा लागुऔषधको तस्करी सुरु गरेका थिए। तर, मोटो रकमको लोभमा प्रहरीले उनीहरूलाई कुनै रोकटोक गरेको थिएन। जसको फाइदा उठाउँदै उनीहरू लागुऔषधको तस्करीमा संग्लन भएका थिए। भारतीय प्रहरीले सूचनाको आधारमा केही दिनअघि चरेससहित उक्त कवाड तस्करहरूलाई भारतमा पक्राउ गर्दा घटना बाहिर आएको हो।

यस घटनाको दुई दिनअघि पनि भारतीय प्रहरीले रुपन्देहीको नाकाबाट तस्करी भएको ठूलो परिमाणमा कुल्हई क्षेत्रबाट साढे ८८ किलो चरेससहित तीन जना भरीयाहरुलाई पक्राउ गरेको थियो। जसको बजार मूल्य ८० करोड रुपैयाँ रहेको प्रहरीको दाबी छ।

null

सोही घटनाको अनुसन्धानले पुनः रुपन्देहीको मैनिहावा नाकाबाट चरेस तस्करी भएर आउन लागेको सूचनाको आधारमा अपरेशन चलाउँदा सफलता हात लागेको भारतको सोनौली कोतवालीका प्रमुख अभिषेक सिंहले जानकारी दिए। ९ दिनको अन्तरमा भारतीय प्रहरीले रुपन्देही नाकाबाट तस्करी भएको एक क्विन्टल साढे ७३ किलो चरेस सीमावर्ती क्षेत्रबाट बरामद गरेको छ। पक्राउ परेका यी तस्करहरूको गोदाम भारतीय सीमा नजिकै छ। जसकारण तस्करहरूलाई सीमाबाट तस्करी हुने सहज भएको छ।

ठूलो परिमाणमा रुपन्देहीको नाकाबाट लागुऔषध तस्करी हुँदासमेत प्रहरीले चासो नदेखाएको पाइएको छ। रुपन्देहीमा प्रहरीको मिलोमतोमा यहाँका नाकाहरूबाट तस्करी व्यापक मैलाएको छ। तस्करहरूलाई भारतीय प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि हालः कवाड तस्करी रोकिएको बुझिएको छ। 

सीमा क्षेत्रमा रहेको उक्त कवाडको गोदामका कारण अपराधिक गतिविधि बढ्नसक्ने विषयलाई मध्यनजर गर्दै हटाउनका लागि निर्णय भए पनि सम्बन्धित स्थानीय तहले कार्यान्वयन नगरेको रुपन्देहीका एसपी भरत बहादुर विकको भनाइ छ। ‘हामीले दुई महिनाअघि नै उक्त कवाडको गोदाम हटाउनका लागि निर्णय गरेका थियौं। तर सम्बन्धित पालिकाले कार्यान्वयन गरेका छैन। हामीले निगरानी गरिरहेका छौं,' उनले भने। प्रहरीको मिलोमतोमा सीमाबाट तस्करी नभएको उनको दाबी छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.