मोबाइल टर्चको भरमा शल्याक्रिया गर्छन् चिकित्सक

डोल्पाकै उर्जामन्त्री हुँदा पनि जिल्ला अस्पताल अन्धकारमा

डोल्पाकै उर्जामन्त्री हुँदा पनि जिल्ला अस्पताल अन्धकारमा

डोल्पा : हिमाली जिल्ला डोल्पामा रहेको एक मात्र जिल्ला अस्पतालले विद्युतको चरम समस्या भोग्नु परेको छ। अस्पताल स्थापना भएदेखि नै देखिएको बत्तीको समस्या अझै जस्ताको तस्तै छ।

जिल्ला अस्पतालमा नियमित विद्युत सुविधा नहुँदा कार्यरत चिकित्सकलाई उपचारमा समयस्या भएको छ। विद्युत नियमित नआउने र घाम नलाग्दा सोलार पनि चार्ज हुन छोडेपछि मोबाइल बालेर जटिल खाले शल्याक्रिया गर्नु परेको डाक्टर अखण्ड उपाध्यायले गुनासो पोखे।

‘बजारमा बत्ती आउँछ तर अस्पतालमा बत्ती आउँदैन्, अस्पतालमा बत्ती नियमित गराउन विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रलाई  अनुरोध गर्छौं तर पनि सुनुवाई हुँदैन', डाक्टर उपाध्यायले भने। 

‘जब शल्याक्रिया गनुपर्ने हुन्छ तब लाइन हुँदैन,उपचारमा संलग्न चिकित्सककै मोबाइलको टर्चको भरमा बिरामीको शल्याक्रिया गर्नुपर्छ।’, मोबाइल टर्चको धिपधिपे उज्यालोमा शल्याक्रिया गर्दा चिरफार,ब्लड प्रेसर नाप्दा, सुइ लगाउँदा, उपकरण जुटाउँदा, औषधि दिँदा अनेक प्रकारका समस्या चिकित्सकले झेल्नु पर्ने डाक्टर उपाध्यायले बताए।

जिल्लाका दुरदराजबाट बिरामीहरु उपचारका लागि डोल्पा अस्पतालमा पुग्ने भएकाले अस्पतालमा नियमित विद्युतको व्यवस्था गरिदिन आग्रह गरिएको छ।
कर्णाली प्रदेश सरकारमा डोल्पाकै उर्मिला विश्वकर्मा जलस्रोत तथा उर्जा विकास मन्त्री छन्। तर पनि अस्पतालको समस्या समाधान हुन सकेको छैन।

जिल्लाबाटै सम्बन्धित क्षेत्रको मन्त्री हुँदा पनि दुर्गममा सञ्चालित अस्पतालले उर्जाको समस्या वर्षौंदेखि भोग्नु दुखद भएको डोल्पाली बताउँछन्। आफू ठाउँमा भएको बेलामा अस्पतालको समस्या समाधान गर्न मन्त्री विश्वकर्मालाई उनीहरुले आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.