समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छ : नेता केसी
![समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छ : नेता केसी](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_Q2GNdk61M3_PhbTGRQMQM.jpg)
नुवाकोट : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताएका छन्। समानुपातिक निर्वाचन प्रणालीमा जनताको भन्दा नेताको नजिक भएकाहरू आउने उनले दावी गरे।
नुवाकोटको विदुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यो देशको अस्तव्यस्ततालाई उचित मार्गमा लैजान, भ्रष्टाचार नियन्त्रण गर्न र लोकतन्त्र बलियो बनाउन अहिलेको व्यवस्था परिवर्तन हुन जरुरी रहेको बताए।
समानुपातिकमा एक पटकभन्दा बढी हुन नपाइने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ। यसैगरी नेता केसीले कांग्रेसमा क्रियाशील सदस्यको संख्याका आधारमा प्रतिनिधि चयन हुने कार्य परिवर्तन हुनुपर्ने उनको जोड छ।
पार्टीको केन्द्रीय पदाधिकारी र कार्यसमितिका सदस्यहरू पदेन महासमिति सदस्य हुने व्यवस्थालाई परिवर्तन गरी प्रत्येक आवधिक अवधिभित्र क्रियाशील प्रतिनिधिहरूबाट निर्वाचित हुनु पर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)