इटहरीलाई उपाधि

इटहरीलाई उपाधि
सुन्नुहोस्

धनकुटा : हाम्रो इटहरी भेट्रान क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपको उपाधि जितेको छ। राजारानी खेलमैदानमा भएको फाइनलमा सिक्किमको बरमियोक नामफिङ भेट्रान क्लबलाई १–० गोलले पराजित गर्दै इटहरीले उपाधि जितेको हो।

इटहरीको जितमा दीपेन राईले निर्णायक गोल गरेका थिए। उनले खेलको ११औं मिनेटमा गरेको गोल नै इहटरीलाई उपाधि दिलाउन निर्णायक सावित भयो। 

इटहरीले उपाधिसँगै एक लाख एक सय एक सय ११ रुपैयाँ पुरस्कार पायो। उपविजेता सिक्किमले ५१ हजार एक सय ११ रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी इटहरीका अंकुरकुमार खड्गी, सर्वाधिक गोलकर्ता इटहरीकै दीपेन राई र सन्तोष राई घोषित भए।

उनीहरूले प्रतियोगिताभर तीन-तीन गोल गरेका थिए। उत्कृष्ट गोलरक्षक इटहरीका तुलसी श्रेष्ठ बने। विधागततर्फका उत्कृष्ट खेलाडीले जनही सात हजार रुपैयाँ पुरस्कार पाए। फाइनल खेलको म्यान अफ दी म्याच सिक्किमका सहिन्सा अन्सारी घोषित भए। उनले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.