सुन तस्करीमा संलग्न ९ जना पुर्पक्षका लागि थुनामा

सुन तस्करीमा संलग्न ९ जना पुर्पक्षका लागि थुनामा
सुन्नुहोस्

दोलखा : दोलखाको लामाबगर नाकाबाट भित्रिएको ११ केजी सुन तस्करीमा संलग्न नौ जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। तीन जना धरौटीमा र तीन जना साधारण तारेखमा रिहा भएका छन्। 

तस्करी आरोपमा पक्राउ परेका १५ मध्ये तस्करीका मुख्य नाइके चिनियाँ नागरिक आकर लामा र ग्याङ रु, नुर्बु छिरीङ शेर्पा, पेम्बा तमाङ, चसमान तामाङ, केशर तमाङ, माधवकुमार मगर, सनद प्रधान तथा लालबहादुर तामाङलाई पुर्पक्षको लागि थुनामा राख्न भनिएको छ। 

अदालतको आदेश अनुसार महिमा माझीलाई एक करोड ७९ लाख ४० हजार, दिपेन्द्रराज शाक्यलाई ९६ लाख ५० हजार र तिलक बिकलाई ८८ लाख धरौटीमा छोड्न भनिएको छ। एक नाबालक, चेतनाथ न्यौपाने र सुनमाला तामाङलाई भने साधारण तारेखमा छोड्न आदेश दिएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार अञ्चन भट्टराईले बताए। 

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले दोलखाको लामाबगर, जामुने लगायतका स्थानहरूबाट अवैध रुपमा नेपाल भित्रिएको ११ केजी सुन बरामद गरेको थियो। 

उक्त सुन तस्करीका विषयमा जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) काठमाडौंले संयुक्त रुपमा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो। अनुसन्धानका क्रममा अहिलेसम्म अवैध सुन तस्करीमा २७ जनाको संलग्नता खुलेकोमा १५ जना पक्राउ परेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.