गोल्मा राजाको दरबार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

गोल्मा राजाको दरबार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै
सुन्नुहोस्

रौतहट : जिल्लाको चन्द्रपुर नगरपालिका-१ मा रहेको ऐतिहासिक गोल्मा राजाको दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागिएको छ। 

पूर्वपश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तर चुरे पहाडमा अवस्थित दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न लागिएको हो।

गोल्मा राजा बौद्ध बिहारमा २ करोडको लागतमा बनेको साढे ९ फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिएको छ। नेपाली सेना तथा स्थानीय बासिन्दाको सहयोगमा थाई सरकारको सहयोगमा बनेको बुद्धको मुर्ति  स्थापना गरिएको हो। 

बौद्ध भिच्छु भान्ते मेधंकर स्तविरका अनुसार सेनबंशका राजाको दरबार रहेको स्थानमा गोल्मा राजा बौद्ध बिहारको स्थापना गरिएको हो।

करिब पाँच सय वर्षअघिको सेनबंशीय गोल्मा राजा रानीको दरबार क्षेत्रलाइ पर्यटकीय स्थलका रूपमा विकास गर्नका लागि सोही स्थान रहेको टुँडिखेलमा थाईल्यान्ड सरकारको सहयोगमा दुई करोड रुपैयाँ  बरावरको साँढे ९ फिट अग्लो बैरीविनास भगवान् बुद्धको मूर्ति स्थापना भएको हो। 

गोल्मा राजा बुद्ध बिहार नामकण गरेर सो क्षेत्रलाई ध्यान केन्द्रका रूपमा विकास गर्न निर्माण कार्य धमाधम भइरहेको छ। सो स्थानसम्म पुग्न स्थानीयले श्रमदान गरी बाटो निर्माण गरिसकेका छन्। विदेशमा रहेका नेपालीहरूले कुटीको निर्माण गरिदिएका छन्। 

चन्द्रपुर नगरपालिका-१ स्थित गैरीगाउँबाट आधा घण्टाको उकालो चढेपछि तत्कालीन दरबारको टुँडिखेल पुगिन्छ भने त्यहाबाट १५ मिनेट पैदल हिडेर गोल्मा राजाको दरबार रहेको स्थानमा पुगिने चन्द्रपुर-१ का युवा समीरबाबु कार्कीले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.