बिर्तामोड युनाइटेड सेमिफाइनलमा

बिर्तामोड युनाइटेड सेमिफाइनलमा
सुन्नुहोस्

फिदिम : पाँचथरको फिदिममा जारी अन्तर्राष्ट्रिय आमन्त्रित किरात गोल्डकप फुटबल प्रतियोगितामा झापाको बिर्तामोड युनाइटेड सेमिफाइनल पुगेको छ। फिदिम माविको मैदानमा आइतबार भएको खेलमा इलामको रेड हर्ष फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै बिर्तामोडले अन्तिम चारमा स्थान पक्का गरेको हो। 

बिर्तामोडको जितमा श्याम मुर्मुले निर्णायक गोल गरेका थिए। २०औं मिनेटमा मुर्मुले गरेको गोल नै खेलको निर्णायक बनेको थियो। आइतबारको खेलमा बिर्तामोडका गोलकर्ता श्याम मुर्मु म्यान अफ दी म्याच घोषित भए। उनलाई फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने र आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले पाँच हजार नगद पुरस्कार प्रदान गरेका थिए। 

सोमबार डीएफसी मोरङको सामना युनाइटेड फुटबल क्लब दार्जिलिङले गर्नेछ। मंसिर २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा पहिलो हुने टोलीले चार लाख चार हजार चार सय ४४ रुपैयाँ पुरस्कार पाउने छन्। 

यस्तै दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ प्राप्त गर्ने छन्। यसैगरी प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई पाँच हजार र प्लेयर अफ दी सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.