नेपाल–भारत सीमाना छुट्याउने ४८४ सीमास्तम्भको मर्मत सम्भार र रंगरोगन सुरू

नेपाल–भारत सीमाना छुट्याउने ४८४ सीमास्तम्भको मर्मत सम्भार र रंगरोगन सुरू
तस्बिर : अन्नपूर्ण

झापा : पूर्वका ४८४ सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगनको कार्य आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले नेपाल–भारत सीमा नाका छुट्टाउने सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगनको कार्य झापाको मेचीनगर–७ स्थित सतीघट्टाबाट शुभारम्भ गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेशका डीआइजी अञ्जनीकुमार पोखरेल, कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजेश बास्तोला, भारतीय सीमा सुरक्षा बल ४१ बटालियनका नविनकुमार रायले सोमबार बिहान एक संक्षिप्त कार्यक्रमका बीच ९१÷१ पिलरको रंगरोगन गर्दै मर्मत कार्यको शुभारम्भ गरेका हुन् । 

कोशीका तीन जिल्ला झापा, मोरङ र सुनसरीसम्मका बिजोर नम्बर पिलरहरूको मर्मत सम्भार र रंगरोगनको कार्य झापाबाट सुरुवात गरिएको सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेशका डीआइजी अञ्जनीकुमार पोखरेलले बताए । 

जोड नम्बर सीमा पिलरहरूको मर्मत सम्भार र रंगरोगनको कार्य भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले यसअघि नै गरिसकेको बताउँदै डीआइजी पोखरेलले भने, ‘बिजोर पिलरको जिम्मा विशेष कार्य विधिबाट सशस्त्र प्रहरीलाई दिइएको हो, सोही अनुसार यस अभियानको थालनी गरेका हौँ ।’ 

५० प्रतिशतभन्दा बढी क्षति पुगेका ९हराएका, भत्किएका, बगाएका सीमा स्तम्भ सुरक्षा निकायले गर्न मिल्दैन । त्यसको लागि दुवै देशका संयुक्त नापीसहितको टोली फिल्डमा खटिएर मात्र राख्न मिल्ने बताउँदै डीआइजी पोखरेलले भने,‘मर्मत सम्भार र रंगरोगन गरेपश्चात् ६० देखि ७० प्रतिशत सीमा पिलरको अपडेट सशस्त्रसँग हुन्छ ।’

झापामा साना, मझौला र ठुला गरी ३ सय १७ सीमा पिलरको मर्मत सम्भार र रंगरोगन गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिए । त्यस्तै मोरङमा ३४ र सुनसरीमा १ स ३३ गरी ४ सय ८४ पीलरको मर्मत सम्भार र रंगरोगन गरिने जनाइएको छ । 

यता सीमा पिलर मर्मत सम्भार र रंगरोगन शुभारम्भ कार्यक्रममा राष्ट्रिय अनुसन्धान निर्देशक दीपक भारती, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीलगायतको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.